सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा कलाकर्मीलाई सहयोग
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
462
Shares
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभीड १९ को संम्भावित संक्रमणको कारण आर्थिक संकटमा रहेका कला तथा सङ्गित क्षेत्रमा आवद्व भएका विभिन्न व्यत्तित्वहरुलाई नेपाल साङ्गीतिक संघ र शम्भूजीत संगीत घरको सहकार्यमा खाद्यान्न उपलब्ध गराएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ ।