arrow

बाजुरामा सुरक्षा फौंजले बनायो ४ बेडको आइसोलेसन

logo
दयाराम पण्डित 
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
isolation-bajura.gif

बाजुरा । सदरमुकाम मार्तडीमा जिल्ला स्थित संयुक्त सुरक्षा फौजले ४ बेडको आइसोलेशन कक्ष निर्माण गरेको छ । कोरोना भाइरसको जोखीमतालाई मध्यनजर गरी बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बिहिबार ४ बेडको अस्थायी आइसोलेशन तयार गरेको हो ।

बाजुरा जिल्लामा कोरोना संक्रमण फैलिदै गएको र जिल्ला अस्पताल निर्माणाधिन अबस्थामा रहेको बिरामीको संख्यामा बृद्धि हुदै गएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले २ दिनमै ४ ब्याडको आइसोलेशन बेड निमार्ण गरेको शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराका गुल्मपति श्याम रावतले बताए ।

जिल्लामा दिनानुदिन भारतबाट आउनेको संख्या संगै जिल्लामा दैनिक बिरामीहरु आउने भएको र कोरोनाको पुष्टि नहुन्जेल सम्म बस्नका लागि जिल्ला समन्वय समितिको चौरमा ४ ब्याडको आइसोलेशन बनाएको गुल्मपति रावतले बताए । 

जिल्ला प्रशासन कायालयबाट त्रिपाल (टेन्ट), जिल्ला समन्वय समितिले दुुई ट्वाईलेटको सामाग्र र रेडक्रसबाजुुराले कर्कटपाता उपलब्ध गराएको  जिल्ला समन्वय समित बाजुराका अधिकारी यज्ञराज अर्यालले वताए। अब पिसिआर पोजेटिभ भएका तर, बिरामकिो लक्षण नदेखिएका  विरामीलाई सम्बन्धित पालिकाको आइसोलेसनमा राखिनेछ, लक्षण देखिएका विरामीलाइ मात्र जिल्ला समन्वयसमितीको आइसोलेशनमा राखिनेछ समन्वय अधिकारी अर्यालले बताए। 

जिल्ला समन्वय समितिले जग्गा उपलब्ध गराएको र सोही ठाउँमा अस्थायी रुपका लागि टेन्ड हालेर उपचार गर्न सहज गर्नका लागि सो आइसोलेशन तयार गरेको छ  । नेपाली सेनाले आवश्यक तयारी गरी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र त्यसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको गुल्मपती रविन श्रेष्ठले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ