arrow

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक हप्तासम्म स्वाब नपठाउन आग्रह

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
karnali-health-institute.jpg

मुगु। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाहरुबाट कोरोना परिक्षणका लागी संकलन गरिएका स्वाव नपठाउन भनेको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको सख्या बढदै गएपछि प्रतिष्ठानमा परिक्षणका लागी स्वाब लाईनमा राख्नु पर्ने अवस्था सृजना भएकोले तत्कालका लागी एक हप्तासम्म अरु स्वाव नपठाउन जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरुलाई भनिएको हो ।

प्रतिष्ठानको ल्यावमा रहेको मेसिनले दैनिक १०० जनासम्मको रिर्पोट दिने गरेको छ। हामीले साविकका कर्णाली अंचलका ५  जिल्लालाई लक्षित गरि मेसिन राखेका हौ तर अहिले प्रदेशका प्राय सबै जिल्लाहरुबाट स्वाव आउन थालेपछि लोड बढेको छ। विहिबारसम्म प्रतिष्ठानमा १ हजार बढी स्वाब लाईनमा छन्।

स्वाबहरुको पिसिआर परिक्षण गर्न बाँकी रहदै अन्य स्वाब आए लाईनमा राख्नुपर्ने भएकाले स्वाबको गुणस्तरमा ह्रास आउने संभावना हुन्छ त्यसैले कम्तिमा एक हप्तासम्म स्वाब नपठाउनु यदि पठाउनै पर्ने अवस्था भए प्रतिष्ठानको ल्यावमा सम्पर्क गरेर मात्र पठाउन जिल्लास्थित स्वास्थ्य सेवा कार्यालय प्रमुखहरुलाई मौखिक जानकारी दिएको प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले बताए।

हालै सर्वोच्च अदालतले क्वारेन्टाईनमा बसेका तथा शंका लागेका सबै नागरिकहरुको पिसिआर परिक्षण गरेर मात्र घर पठाउ भन्ने सरकारका नाममा आदेश दिएको बारे जानकारी गराउँदा निर्देशक रावलले सर्वोच्चले के आदेश दियो त्यसको लागी साधनस्रोत र जनशक्तिको व्यवस्था सरकारले गर्ने बताए। हामीले मान्ने भनेको स्वास्थ्य मन्त्रायले जारी गरेको निर्देशिका हो। निर्देशिकाले लक्षण देखिएका विरामी र आरडिटि पोजेटिभ व्यक्तिहरुको पिसिआर गर्नेु भनेकोले सोहि अननुसार पिसिआर परिक्षण गदै आएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ