८ महिने बालकसहित कपिलवस्तुमा थपिए ४४ संक्रमित, पुग्यो ४७५
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
547
Shares
कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ का ४४ संक्रमित थपिएका छन् । शुक्रबार कोभिड १९ थप ४४ जना पोजेटिभ पुष्टि भएको हो । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७५ पुगेको छ ।
संक्रमित हुनेमा महाराजगन्ज नगरपालिका वडा नम्बर ९ का १८, २० बर्षका २ पुरुष रहेका छन् । साथै वडा न १० का १६, २१, २२, २४, २६, २७, ३५, ३६, ३७, ३९, ३९, ४६, ४८ बर्षका १३ जना पुरुष गरि जम्मा १५ जना छन् ।
त्यस्तै यशोधरा गाउँपालिका वडा न ७ का ८ महिने बालक, १६, १७, २०, २०, २०, २१, २२, २३, २४, २४, २५, २५, २५, २५, २५, २६, २६, २८, २८, २९, ३०, ३०, ३०, ३८, ३८, ४०, ४५, ५२ बर्षका पुरुष गरि २९ जना रहेको स्वास्थ कार्यलय, कपिलवस्तुले जनाएको छन् ।