arrow

अनलाइन पत्रकार संघमा आबद्ध पत्रकारहरुको निःशुल्क कोरोना बीमा 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २४ शनिबार
online-journalist.jpg

काठमाडौं। अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।

यो बीमा कार्यक्रमका लागि संघका सदस्यहरुले बीमाशुल्क तिर्नुपर्ने छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर नेपालको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।

अहिले नेपाली पत्रकारिताको मूलधारको रुपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकार साथीहरु समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले श्रमजिवी पत्रकारलाई केही राहत मिल्ने विश्वास संघ र फोरमले लिएका छन् ।

अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकार साथीहरुको कोरोना बीमाको लागि लाग्ने बीमाशुल्क तिरेर बीमा गराउन सहयोग गरेकोमा फ्रिडम फोरमप्रति संघ विशेष आभार व्यक्त गरेको छ। 

श्रमजिवी पत्रकारहरुको संस्था अनलाइन पत्रकार संघले आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता जस्ता विषयमा गम्भीर वकालत र पहलकदमी लिदै आएकोमा आगामी दिनमा पनि सदस्यहरुलाई बढीभन्दा बढी फाइदा पुग्ने प्रकारका कार्यक्रमहरु संचालन गर्ने अध्यक्ष शिव सत्यालले जनाएका छन्। 



नयाँ