arrow

धनकुटा सदरमुकामा कोरोना अस्पताल र ६० वटै वडामा क्वारेन्टाईनको माग

logo
विजय राई,
प्रकाशित २०७७ जेठ २४ शनिबार
dhankuta-bazar.jpg

धनकुटा। धनकुटा जिल्ला सदरमुकाममा एक कोरोना अस्पताल र ६० वटै वडामा क्वारेन्टाईन स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघले माग गरेको छ। महामारीको रुपमा दिन प्रतिदिन फैलीदै गएको कोरोना भाईरसलाई धनकुटा जिल्लामा फैलन नदिनका लागि जिल्ला सदरमुकाम धनकुटामा एक कोरोना अस्पताल र ६० वटै वडाहरुमा क्वारेन्टाईन स्थापना गर्न निजि क्षेत्रले माग गरेका हुन्। त्यसका लागि पूर्ण सहयोग गर्ने उनीहरुले वताएका छन्।

भारत लगायत विभिन्न देशहरुमा श्रम गर्न गएका नेपालीहरु दिन प्रतिदिन ठूलो सख्यामा स्वदेश फर्कन थालेपछि संघीय सरकार तथा प्रदेश सरकारले मात्र व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय सरकार र निजि क्षेत्रहरुको समेत सहकार्यमा कोरोना भाईरसलाई नियन्त्रण गर्न कोरोना अस्पताल, क्वारेनटाईन स्थापना गर्न महत्वपूर्ण सहयोग गर्नु पर्ने धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सन्तोषी राइले बताए।

प्रत्येक वडामा विदेशबाट आउने वडावासीहरुलाई वडा कार्यालयले नै स्थानीय वासिन्दा तथा निजि क्षेत्रहरुको सहयोगमा क्वारेन्टाईन स्थापना गरी अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्नु पर्ने होटल एशोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र राईले बताए।

मुलुकभरी नै एक पटक तिव्र रुपमा कोरोना भाईरस फैलिएर भयाभय हुने सक्ने संकेत देखिएकाले धनकुटा जिल्ला सदुरमुकामा पिसिआर परिक्षण ल्याप सहितको कोरोना अस्पताल र सात वटै पालिकाले ६० वटै वडामा ५० वेड सम्मको क्वारेन्टाईन अनिवार्य रुपमा स्थापना तत्काल गर्न त्यसका लागी संघीय, प्रदेश  सरकारको सहयोग लिएर स्थानीय तहले निजि क्षेत्रहरुसंग सहकार्यका लागि पहल गर्नु पर्ने अध्यक्ष राईले बताए।

समय हुदा हुदै पनि पर्यात तयारी नगरेको कारण कोरोना भाईरस फैलदै गएकाले सवैसंग सहकार्य र सहयोग लिएर विशेष योजना सहित कोरोना भाईरसलाई नियन्त्रण गर्न प्रभावकारी कदम नचाल्ने हो भनै अव धनकुटा जिल्लामा पनि कोरोना भाईरसले भयाभह स्थितिको सिर्जना गर्न सक्ने धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले बताए।

कसैको एक्ले प्रयासबाट मात्र कोरोना भाईरस नियन्त्रण हुन नसक्ने भएकाले सवैले अनिवार्य सहयोग गर्नुपर्ने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले बताए। कोरोना भाईरसको विरामीको सख्या दिन प्रतिदिन बढ्दै गएकाले एक जिल्लाको विरामी अर्को जिल्लाको कोरोना अस्पतालले उपचार गर्न राख्न नसक्ने भएकाले आफ्ना जिल्लाका कोरोना भाईरसको विरामीहरुलाई आफर्नै जिल्लामा उपचार गर्नका लागी धनकुटा जिल्ला सदरमुकामा पिसिआर ल्याप सहितको कोरोना अस्पताल र ६० वटै वडामा क्वारेन्टाईन अनिवार्य स्थापना गर्न सरोकारवालहरुले माग गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ