arrow

स्याङ्जामा एकैपटक थपिए १० जना संक्रमित, संक्रमितको संख्या २३ पुग्यो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ जेठ २४ शनिबार
covid-test-corona.jpg

स्याङ्जा। स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएका छन्। स्याङ्जाको वालिङ नगरपालिका घर भई भारतबाट आएर पालिका कै क्वारेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाँउपालिकाका घर भई पालिका कै क्वारेन्टीमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो।

संक्रमित पुष्टी हुनेहरुमा वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ बर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० बर्ष उमेरका पुरुषहरु रहेकाछन्। यो सँगै स्याङजामा संक्रमितको संख्या २३ पुगेको छ। वालिङका संक्रमित ११ गते भारतबाट आएका हुन्।

संक्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए।

स्याङ्जामा भारतबाट आउने क्रम जारी र उनीहरुको पिसिआर पनि जारी राखिएको छ। पछिल्लो समय गण्डकी प्रदेशमा अधिकांश जिल्लामा भारतबाट आउने संख्या बढ्दै जादा पिसिआर लिएर पठाउने चाप पनि बढ्न थालेको छ। जसले गर्दा रिर्पोट आउन केही ढिला हुदै गएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ