arrow

कास्कीका ३ जनामा कोरोना संक्रमण पुष्टि, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइँदै

logo
हरि पन्त,
प्रकाशित २०७७ जेठ २४ शनिबार
kaski-corona.jpg

पोखरा। कास्की जिल्लामा ३ जना कोरोना संक्रमित भेटिएका छन्। आज शनिबार बिहान ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा महानगरपालिका वडा नं. २७ का ५९ बर्षीय एक पुरुष तथा रुपा गाउँपालिका ५ र ७ का  २३ र ३२ बर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

तीनैजनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा ल्याउने तयारी भइरहेको निर्देशक शर्माले बताए। यसैगरी  स्याङ्गजाको वालिङ् ८ पुरुष तथा हरिनाशका २ पुरुष, बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको  निर्देशक शर्माले बताए।

निर्देशक शर्माका अनुसार उनीहरूलाई पनि अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ। गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १६ जना पुरुष तथा ३ महिला, स्याङ्जाका २२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वका १२ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष, गोरखाका १ जना पुरुष तथा कास्कीका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ