arrow

प्रेम गरेरै मारिनु पर्ने !

logo
सरोज पन्थी
प्रकाशित २०७७ जेठ २४ शनिबार
saroj-panthi.gif

दलित भएरै मारिनु पर्ने
प्रेम गरेरै मारिनु पर्ने 
यो कस्तो समृद्ध देशको आकार
यो कस्तो स्वाभिमानी जगतको सरकार
यहाँ मान्छे मार्नु र मराउनु फितरत हुँदैछ
यहाँ मान्छे जल्नु र जलाउँनु सिको हुँदैछ
सिमानामा लुटिएको भूमि माग्ने युवकले आफ्नो प्रेम पाउन पनि नसक्नु ??
सरकार यो देशको कस्तो खाका हो??
 प्रेम आँखासँग पनि हुन्छ
प्रेम मुटुसँग पनि हुन्छ 
प्रेम गरिबसँग पनि हुन्छ
प्रेम भेषसँग पनि हुन्छ
प्रेम देशसँग पनि हुन्छ
   प्रेम “दलित”सँग पनि हुन्छ !!

यो कस्तो समाजको उत्खनन् गरिएछ
जहाँ सुनको मूल्य,कुनै गरबिको एक गाँसको भोक भन्दा बढि छ,
जहाँ एउटा उच्च बर्गिएको मूल्य,एउटा दलितको लाश भन्दा बढि छ,
 यो कस्तो समाजको सन्देह;
गरिबको देह जलेपछि
दलितको देह ढलेपछि
समाजको एउटा आँखाले अलि अलि दृष्टि पाएर देखेजस्तो भ्रम गर्छ
देख्नेहरूले फेरि अर्को भ्रम गर्छन
ठूलाहरू अग्ला देखिन्छन्
सानाहरू साहारामै जोखिन्छन !!
 जोख्नेहरूले फेरि अर्को भ्रम जोख्छन
गरिब र दलितको समाजसँग तौल नै नभएको।
यहाँ भ्रमको भूमरी छ,
जहाँ सधै गरिब र दलित फस्छन
जहा सधै गरिब र दलितको देह पस्छ !!!

यो कस्तो समाजको बिखन्डकारी झाउरे लय हो
जसको प्रेमको सुर दलित भएकै कारण बेताल छ
जसको प्रेमको संरगम गरिब भएकै कारण बेहाल छ
प्रेम गर्नेहरू त पुजिन पर्ने हो,मनको मन्दिरमा,समाजको जंजिरमा
मुना र मदन शिरमा हुने
नवराजहरू किन पाहुँ सम्म पनि पुग्न नसक्ने ??
 यहाँ  उचाईँको  कस्तो मापदण्ड छ,
जहाँ उच्च बर्गिएले सगरमाथाको सपना देख्छ
दलित खै किन सधै ओराली भेट्छ ??
गरिब खै किन सधै ओराली देख्छ ??

हे देव
तिमी,
तिमी नजिकै सरकार भएर बसेको होइन र ??
सरकार भएपछि अन्धकार हट्छ भन्छन
नवराज त उज्यालो मै हराएको हो
उज्यालोमा पनि अन्धकार देखाइदिन सक्ने प्रभुले मात्र हो
सरकार तिमी प्रभु नै हो,होइन र ??
तिम्रा खातिर हामी लड्दै छौ वा हाम्रा खातिर तिमी ??
 सरकार,
रहेको हिम्मत कोरोनासंग लड्दै बचाउँ या सिमानासंग ??
सधै लडेर सफलताको प्राप्ति आखिर कहिलेसम्म रहला ??
अब त देश भित्रै लड्नु छ
देश भित्रका जातिय आतंककारिसंग जुध्नु छ।
कास् यो देवालय हुन्थ्यो,
देवलायमा सबैतिर अर्जुन हुन्थे !!
सरकार,एउटा प्रश्न गरू ??
किन सबै नेपालीहरू अर्जुन बन्न नसकेका ??
किन सबै नेपालीहरू राम बन्न नसकेका ??
किन सबै नेपालीहरू हनुमान बन्न नसकेका ??
       र
किन सबै नेपालीहरू दलित बन्न नसकेका ? 
 वा किन सबै नेपालीहरू ब्राह्मण बन्न नसकेका ??
महाभारतमा,अर्जुनको जात के हुँदो हो ???
रामायणमा राम,लक्ष्मण,हनुमानको जात को हुँदो हो ??
   सायद राम दलित भएर,नदेखेको वन पसेका थिए !!!’

अब यहाँ एउटा नयाँ सरकारको आरम्भ हुन्छ होला है ??
गरिबको झुपडीमा हुर्केको बालकले अब देश देख्न पाउँने छैन 
दलितको रगतले हुर्किएको बालकले अब सास भेट्न पाउँने छैन
 आँखा भएर पनि देख्न नसक्ने कानून जस्तो
मेटिएर पनि नदेखिएको सहिदको रगत जस्तो
ऊ...
ऊ पनि रगताम्य भएर गयो
मेटिएर गएका सहिदको रगत देखिन्थ्यो भने सायद
उसको रगतले पनि सहिदको रगतलाई जित्थ्यो
  अँह !!
ऊ दलित हो,उसले छोएको पानी त चल्दैन
उसले रगतमा पनि हारिदिन्थ्यो !!

ऊ गयो
न जून बन्यो, न तारा बन्यो
धर्तीमा दलित भएर जन्मिएपछि,
आकाशले पनि ठाउँ नदिँदो हो ??
गरिबको ठाउँ,दलितको ठाउँ कहाँ होला ??
धर्तीमा त धुलोले पनि ठाउँ पाउँछ
ऊ त दलित, ठाउँमा पनि ठगिएको छ !!!

नवराजले पनि उसको नभएको ठाउँ छाडेर गयो
मुटु छाडेर गयो
आकार छाडेर गयो
आकास छाडेर गयो 
प्रेम छाडेर गयो
परिवार छाडेर गयो
बालापनका याद छाड्यो,सपना छाड्यो,कालापानी छाड्यो,लिपुलेक छाड्यो अनि देश छाड्यो
देश छाडेर पनि अपुग थियो
बाँकी रहेको सास छाड्यो !!!
 ‘सरकार’ लिपुलेकमा ढुड़्गा नफाली गएको ऊ
तिम्रो राष्ट्रबादको अपमान गरेरै गयो।
अपमान गर्नेहरू,तिम्रो नागरिक कसरी बन्छन ??
तिम्रो जातिय राष्ट्रवादमा उसले जातकै जाती पारेर गयो
  उसले सबै छाडेर गएको केही छिनमै
ऊ फेरि जातउन्मुख हुन सकेन !!!
 सरकार, तिम्रो समृद्धिको नयाँ आरम्भमा उसले-
जातीय बेइज्जतीको अपमान सहेर गयो !!
ऊ गएपछि-
  स्वामित्वको गोजी रित्तो भएको छ !!
स्वाभिमानको गोजी रित्तो भएको छ !!
  ऊ गएपछि
 
रूकुममा ज्यान गुमाउनेहरू सबैप्रति श्रद्धा सुमन !!
    यो समाजले नसन्झेला,यो माटोले सम्झनेछ !!!

रेसुङ्गा नगरपालिका वडा नं. १ तम्घास, गुल्मी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ