arrow

जनताको घाउमा नुनचुक छर्केर सरकार कमाउने धुनमा : मिनेन्द्र रिजाल

सरकारले आफ्नो अनुहार ऐनामा हेरे हुन्छ

logo
प्रकाशित २०७७ जेठ २४ शनिबार
minendra-rijal-mp-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सरकारको इमान्दारीता बजेटको एकदिन अघी कम राजस्व दरमा भन्सारबाट गाडीहरु छुटाएर देखिएको आरोप लगाएका छन्। संसदमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्ने क्रममा रिजालले सरकार कमाउने बाटोमा लागेको उदाहरण दिदै भने, "सरकार इमान्दार छैन भन्नेकुरा बजेटको एक दिन अघी विजुलीबाट चल्ने सवारी साधनलाई कम भन्सारमा छोडियो अनि भोलिपल्टै भन्सार दर बढाइयो।"

रिजालले भने, "महामारीको यो बेलामा विदेशमा रहेकाहरु कसरी स्वदेशमा आइपुग्ने भन्ने ध्याउननमा छन्, जनता ज्यान जोगाउने ध्यान्नमा छन् तर सरकार कार्पेटको व्यवस्था गरेर बसेको छ।" सत्ताले जनताको पीडाको घाउमा नुन चुक छर्किएको जनाउँदै रिजालले सरकार जनताको पीडामा मलम लगाउनुको सट्टा सत्ताको वासुरी कसरी राम्ररी बजाउने भन्नेमा लागेको बताए। उनले भने, “अझै पनि जनताको घाउमा नुन नछर्कनुस।"

राजस्वको एक तथ्याङक पेश गर्दै रिजालले २ दिन अघी नै चालू आर्थिक बर्षको आम्दानीभन्दा १९० अर्व बढी खर्च भइसकेको जनाउँदै आउने दिन अझ बढी संकटपूर्ण भएपनि यससँग जुध्ने सरकारको कुनै योजना नभएको बताए।

हिजो सत्ता सम्हाल्दा रित्तो ढुकुटी पाएको छु भन्ने सरकारले आज दुई दुई बर्षसम्म के गरेर बसेको भन्दै रिजालले भने, 'सरकारले अब अरुलाई दोष हैन आफ्नो अनुहार ऐनामा हेरे हुन्छ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ