arrow

अश्लिल गाली गर्दै धम्क्याउने नेकपा कार्यकर्ता विक्रम थापालाई बाँधेर प्रहरीलाई बुझाए स्थानीयले

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ जेठ २४ शनिबार
bikram-thapa-ncp.jpg

कञ्चनपुर। सत्ता र शक्तिको आडमा मातेका नेकपाका गाउँ कमिटी सदस्य बिक्रम थापाले कञ्चनपुरमा फरक मत राख्ने अन्य दलका कार्यकर्ताहरुलाई अश्लील गाली गलौज गर्दै धम्क्याउदै हिड्ने गरेका पाइएको छ। यसरी धम्क्याउँदै फोन गरेको अडियो हालै सार्वजनिक भएको छ। कञ्चनपुरको बेल्डाँडी गाउँपालिकास्थित गाउँ कमिटी सदस्य समेत रहेका थापाले सोही ठाउँका नेपाली काँग्रेस समर्थक अशोक बिष्टलाई अश्लील गाली गर्दै धम्याएको अडियो बाहिरिएको हो।

सांसद् विकास कोषको ४९ लाखको योजना बेलडाँडी ३ खैरिघाट देखि १ नम्बर जोडने सडक स्तरोन्नतीका लागि उपभोक्ता समिति मार्फत काम गर्न बेलडाँडी गाउँपालिकाबाट उपभोक्ता समिति गठन गरी कार्य गर्ने भने बमोजिम विहिबार दिउँसो समिति गठन गर्न बोलाईएको भेलामा स्थानिय कांग्रेसका कार्यकर्ता अशोक विष्ट र नेकपा कार्यकर्ता विक्रम थापाबिच सामान्य विवाद भएको थियो।

थापाले राती साढे ९ बजेतिर फोन गरेर बिष्टलाई अश्लील गाली गर्दैर धम्क्याएका हुन। यति गरेर चित्त नबुझाएका थापा राती १० बजे नेपाली बिष्टको घरमै पुगेर धम्याउन समेत पुगेको नेपाली काँग्रेस बेल्डाँडी सभापती हर्कदेव जोशीले बताए। राती बिष्टको घरमै पुगेका थापालाई छिमेकीहरुको सहयोगमा बाँधेर राखी प्रहरीलाई बुझाइएको सभापती जोशीले बताए।

सत्ताको शक्तिका भरमा फरक मत राख्नेहरुमाथी धम्क्याएरै तह लगाउन खोजेका नेकपा कार्यकर्ता थापाको हर्कतको भत्सर्ना गर्दै स्थानीय कांग्रेस समितिले बिज्ञप्ती समेत जारी गरेको छ। नेकपा कार्यकर्ता थापालाई नियन्त्रणमा लिइ बिष्टले प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। घटनाबारे अनुसन्धान गरिरहेको सिंहले जानकारी दिए । सो घट्नाको बचाउ गर्दै नेकपाले समेत बिज्ञप्ती जारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ