arrow

प्रदेश ५मा पीसीआर परिक्षणका लागि ४ हजार ७ सय भन्दा वढी स्वाव प्रक्रियामा

कन्ट्रयाक ट्रेसिङ्ग र आरडीटी पोजेटिभले चाप वढायोः जनस्वास्थ्य प्रमुख डा गिरी

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २४ शनिबार
corona-pcr-lab.jpg

रुपन्देही। प्रदेश नं ५ मा निर्माण गरिएका तीन वटा प्रयोगशाला र विकल्पको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा पठाइएका गरी हाल ४ हजार ७ सय ५३ वटा स्वाव परिक्षण प्रक्रियामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले वताएका छन् ।

राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमको भवन भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको यही जेठ २३ गते सम्मको तथ्याङ्क अनुसार हालसम्म २० हजार ४ सय ३६ वटा स्वाव संकलन भएको मध्ये १४ हजार ७ सय १८ वटा नेगेटिभ र ९ सय ६५ वटामा पोजेटीभ देखिएको छ। जसमध्ये पछिल्लो समय प्रदेशका १२ वटा जिल्लाहरु मध्ये एउटा जिल्ला वाहेक अन्य ११ वटा जिल्लाहरुमा कोरोना भाईरस कोभिड १९ संक्रमण वढ्दो रुपमा रहेको डा राजेन्द्र गिरीले वताए। अहिले ४ हजार ७ सय ५३ वटा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा। गिरीलले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं ५ अन्तर्गत एउटा जिल्ला वाहेक अन्य जिल्लाहरुमा आशंकित र संक्रमण व्यक्तिहरु दिन प्रतिदिन तिव्र गतिमा थपिदै गएकाले प्रदेश भित्र रहेका ३ वटा प्रयोगशाला परिक्षण गर्न नभ्याएर काठमाण्डौंस्थित टेकुमा पठाउने गरिएको वताए। कहिलेकाँही चितवन र हेटौंडा समेत पठाउनु परेको उनले जानकारी दिए। 

कन्ट्रयाक ट्रेसिङ्ग र आरडीटी परिक्षणमा पोजेटीभ देखिएकाहरुमा पीसीआरको दायरा वढ्दै जाँदा प्रयोगशालामा स्वावहरुको चाङ लागेको उल्लेख गर्दै डा गिरीले धेरैको परिक्षण हुन नसक्दा रिर्पोट ढिलो आउने गरेको बताए।

कोरोना संक्रमित देखिएका प्रदेश नं ५ मा ९ सय ६५ मध्ये गुल्मीका १ जना, अर्घाखाँचीमा १ जना, पाल्पामा १ जना र वाँकेको नरैनापुरमा १ जना गरी ४ जना पुरुषहरुको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालमा उपचार पछि जेठ २३ गतेसम्म १ सय १७ जना संक्रमित कोरोना परिक्षणमा रिर्पोट नेगेटिभ आएर घर फर्किएका छन् । प्रदेश ५ का १२ वटा जिल्ला मध्ये रोल्पामा अझै सम्म कोरोना देखिएको छैन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ