arrow

भोकमारी र वेरोजगारीको अन्त्यका लागि गाँउमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक : बरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७७ जेठ २४ शनिबार
ramchandra-poudel-final.jpg

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाको संक्रमणपछि भोकमारी र वेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिवार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिती विषयक भर्चुअल कार्यक्रममा बरिष्ठ नेता पौडेलले गाँउमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाँउ फर्केका नागरिकलाई गाँउमै रोजगारी र गाँउमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए।

बरिष्ठ नेता पौडेलले आफुले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाँउमा नै बसौ बसौ बनाउनका लागि मौका आएको बताए। उनले अब गाँउ गाँउमा नागरिकले सहरमा उपलब्ध गराएका सुविधान गाँउमा पुर्याएर नागरिकको रोजगारी र आम्दानी गाँउमा नै पाउने अवस्थाको सृजना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए।

बरिष्ठ नेता पौडेलले राज्यको भुगोलको पूर्नसंरचना भएपछि सामाजिक आर्थिक पूर्नसंरचना हुननसकेको बताए। उनले राज्यको सामाजिक रुपमा पनि पूर्नसंरचना आवश्यक रहेको बताए । राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए। बरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उदगम थलोमा जातिय विभेदका घटना तीन आन्दोलनका नायकहरुद्धारा हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तीका लागि भएको आा नागरिकको बुझाई रहेको बताए।

बरिष्ठ नेता पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले संभव नहुने भन्दै राष्ट्रियताको संरक्षणका लागि छिमेकीसंग आँखामा आँखा जुँधाएर कुरा गर्न सक्ने क्षामता राख्नुपर्ने बताए।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए । उनले दोश्रो विश्वयुद्ध पनि अमेरिकी र रुसी ध्रुवमा विभाजित भएको स्मरण गर्दै अहिले रुसको स्थान चीनले लिएर अमेरीकी र चीनियाँ ध्रुवमा विश्व विभाजित हुने बताए  । नेता पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहीत भएका तर लोकतन्त्रवादी शसंकित भएको बताए।

कार्यक्रमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरु कपिलबस्तुका सुरेन्द्र आचार्य, रोल्पाका अमरसिंह पुन, गुल्मीका भुवन आचार्य, इलामका हिमालय कर्माचार्य, संखुवासभाका दिपेन्द्र श्रेष्ठ, पाँचथरका नरेन्द्र केरु, कास्कीका कृष्ण केसी, तनहुँका जितप्रकाश आले लगायतले आ आफ्नो धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ