arrow

फौजी किरा नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी

logo
रासस,
प्रकाशित २०७७ जेठ २४ शनिबार
makai-corn-maize.jpg

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिकाले मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किसानलाई निःशुल्क विषादी वितरण गरेको छ। गाउँपालिकाभित्रका ४०० किसानलाई करिब ६०० बोतल विषादी वितरण गरिएको हो।

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले प्रकोप बढ्दै गएपछि नियन्त्रणका लागि किरा मार्ने विषादी नै आवश्यक हुने भएकाले किसानलाई निःशुल्क वितरण गरिएको बताए। गत वर्ष फाट्टफुट्टरुपमा देखिएको फौजी किरा यस वर्ष भने अत्यधिक बढेको उनले बताए। गाउँपालिकाभर ५० बिघाभन्दा बढी मकैबालीमा यसको प्रकोप देखापरेको उनको भनाइ छ।

अहिले किसानलाई फौजी किराबारे जानकारी गराउने र नियन्त्रणका उपाय सिकाउने काम गरिरहेको उनले बताए। गर्मी भेगमा बढी सक्रिय हुने फौजी किरा यसपटक माथिल्लो पहाडी भेगमा पनि देखिन थालेको उनले बताए। गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले आवश्यकताअनुसार किसानलाई थप निःशुल्क  विषादी उपलब्ध गराउने जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ