arrow

आइतबारदेखि मालपोत र भूमि सुधार कार्यालय खुल्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २४ शनिबार
land-reform-ministry.jpg

काठमाडौं। लकडाउनको बेला बन्द भएका मालपोत तथा भूमि सुधार कार्यालय आइतबारदेखि खुल्ने भएका छन्।

भूमि व्यवस्था विभागले देशभरका मालपोत तथा भूमिसुधार कार्यालयलाई आन्तरिक सर्कुलर जारी गर्दै आइतबारदेखि कार्यालय खोल्न निर्देशन दिइएको हो।

आन्तरिक सर्कुलरमा अत्यावस्कीय सेवा तथा आन्तरिक प्रशासनका कामहरु जारी राख्न निर्देशन दिइएको छ । साथै कर्मचारीहरूलाई कार्यालयमा उपस्थिति गराउन कार्यालय प्रमुखलाई अह्राइएको छ । 

स्रोतका अनुसार आइतबारदेखि आन्तरिक व्यवस्थापनका कामहरु सुरु हुने छन् । जग्गा प्रशासनसम्बन्धी खरिद विक्रीका काम भने तत्काल सुरु नहुने भएको छ ।

हाल देशभर १सय ३१ वटा मालपोत कार्यालय रहेका छन, त्यत्तीकै सख्यामा नापी कार्यालय रहेका छन् । तर लकडाउन पछि नापी तथा मालपोत कार्यालयहरु बन्द भएका कारण सेवाग्राहीहरूका कामहरु प्रभावित भएका छन् । 

लकडाउनको बेला ८० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी कार्यालय गएका छैनन् । जग्गा खरिद विक्री, नागरिकता, लाइसेन्स, पासपोर्ट लगायतका सेवा लकडाउनको बेला बन्द भएका छन् ।

सरकारी कार्यालयहरूमा माथिल्लो तहका कर्मचारीहरु मात्र उपस्थिति हुने गर्छन । तल्लो तहका कर्मचारीहरूलाई घरमै बस्न अह्राइएको छ । सरकारी कर्मचारीहरू घरमा बसे पनि उनीहरूको तलब, सेवा, सुविधा भने काटिने छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनको बेला कार्यालय नजाने कर्मचारीहरूको हकमा सार्वजनिक विदा सरह सेवा, सुविधा तथा तलब दिने निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ