arrow

बिदुर नगरपालिकाभित्रका अपाङ्गताहरुलाई काँग्रेस नेतृ अमात्यको खाद्यान्न सहयोग

logo
प्रकाशित २०७७ जेठ २४ शनिबार
bidur-relief-gita.jpg

बिदुर। नेपाली काँग्रेस नुवाकोटकी नेतृ एवं गत स्थानीय निर्वाचनमा बिदुर नगरपालिकामा उपप्रमुख पदकी प्रत्याशी गीता अमात्यले नगरपालिकाभित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेकी छिन्।

अमात्यले अपाङ्ग मानव अधिकार मञ्चसंगको समन्वयमा लकडाउनका कारण अति समस्यामा परेका बिदुर नगरपालिकाका १३ वटै वडाका ६५ जना अपाङ्गता भएकाहरुलाई खाद्यान्न सहयोग गरेकी हुन्।

यसैक्रममा शनिवार बिदुर नगरपालिका वडा नम्वर ८ का ६ जना र वडा नम्वर नौ का ६ जनालाई स्थानीयस्तरमै पुगेर काँग्रेस नेतृ अमात्यले खाद्यान्न सहयोग उपलब्ध गराईन्।

वडा नम्वर १३ का वडा अध्यक्ष दलबहादुर तमाङ र वडा नम्वर ८ की वडा सदस्य देबकुमारी बिकको रोहवरमा अमात्यले प्रति ब्यक्ति एक बोरा चामल, एक किलोग्राम दाल, एक लिटर तेल,एक प्याकेट नुन, २ प्याकेट साबुन, एक किलोग्राम दालमोठ, एक किलोग्राम च्यूरा, एक किलोग्राम भुजिया, एक किलोग्राम चिनी, एक प्याकेट चियापत्ति र ५ थान मास्कसहितको सहयोग उपलब्ध गराईन्।

त्यसक्रममा अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका सचिव लोचन भट्टराईले लकडाउनका कारण अपाङ्गता भएकाहरु अत्यन्त समस्यामा रहेका बेला अमात्यको सहयोग उनीहरुको जीवनयापन सहज बनाउन महत्वपूर्ण सावित भएको बताए।

भट्टराईले बिदुर नगरपालिका भित्रका अति समस्यामा रहेका अपाङ्ता भएका ब्यक्तिहरुलाई घरमै पुगेर राहत उपलब्ध गराईने समेत जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ