arrow

अपाङ्गता भएकाहरुलाई अधिकार दिने पक्षमा कांग्रेस: निधी 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २४ शनिबार
bimalendra_nidhi_final.jpg

काठमाडौं। अपाङ्गता भएको व्यक्तिहरुको राजनीति समावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय भिडियो कन्फ्रेन्स भएको छ। 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न अस्पतालमा निर्माण गरिएको क्वारेन्टाइन र आईसोलेसन वार्ड अपाङ्ग मैत्री बनाउन आवश्यक रहेको बताएका थिए।

नेपाली कांग्रेसले राजनीतिक प्रतिनिधित्व गराउन केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म अपाङ्ग आरक्षणको व्यवस्था कांग्रेस विधानमै गरेको निधीले बताए।

अपाङ्ग अधिकार सुनिस्चित गर्न नेपाली कांग्रेस स्थापनाकालदेखि लडिरहेको र अपाङ्गलाई राजनीति अधिकार दिने पहिलो पार्टी पनि कांग्रेस नै भएको उनले बताए। 

सामाजिक रुपले पिछिडिएको अपाङ्गता भएका व्यक्तिहरुलाई जहिले न्याय दिलाउन कांग्रेस प्रतिबद्ध रहेको समेत निधीले बताए। 

कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य राम कृष्ण यादवले अपाङ्ग अधिकारलाई पार्टीले सम्बोधन गर्ने बताए ।

न्याय परिषद पुर्व सदस्य एवम वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेले संविधान, विभिन्न ऎन, नीतिनियम नियामावलिमा अपाङ्गता भएका व्यक्तिहरुको व्यवस्था गरिएको अधिकारलाई सरकारले लागू गर्नुपर्ने बताए।

रौतहट जिल्ला सभापति कृष्ण प्रसाद यादबले अपाङ्ग भएको व्यक्तिको राजनीतिक अधिकारलाई प्राथमिकता राख्नु पर्ने धारण राखे। 

धनुषा जिल्ला सभापति महेश शंकर गिरिले अपाङ्ग भएको व्यक्तिहरु आफैमा क्षमतावान हुने भएका कारण उनीहरुलाई थोरै सहयोग गरे जस्तोसुकै स्थानामा पहुँच हुने धारण राखे। 

नेविसंघ पुर्व सभापति नैनसिंह महरले आफ्नो धारण राखेका थिए। कार्यक्रममा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रिय प्रतिनिधिहरुको समेत सहभागिता थियो । रौतहट, बारा, पर्सा, धनुषा, सिराहा र सप्तरी जिल्ला लोकतान्त्रिक अपाङ्ग संघको जिल्ला सभापतिहरुले पनि धारणा राखेका थिए। 

स्थानीय निकायका मेयर र गाउँपालिका प्रमुख र वार्ड अध्यक्षहरु, नेपाली कांग्रेस रौतहटको जिल्ला क्षेत्रीय सभापति गजेन्द्र यादब, राम भरोस यादब र कांग्रेस नेता अजय साह, पुर्व सभापति अनन्त कोईराला, स्ववियु उपसभापति गोपाल हुमागाई लागयतका नेता कार्यकर्ताहरुको सहभागीता थियो । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटको सभापति नितिश कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा गुप्ताले अपाङ्गका सवाल हरेक निकायमा सम्बोधन हुनुपर्ने बताएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ