arrow

प्रतिनिधिसभाको बैठकमा आइतबार एक दर्जन कार्यक्रम

प्रकाशमान सिंह, गगन कुमार थापा, ज्ञानेन्द्र बहादुर कार्की, नारायण खड्का, दिलेन्द्र प्रसाद बडु, भीमसेनदास प्रधान लगायतको प्रस्ताव

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसद अन्तर्गतप्रतिनिधिसभाको बैठक आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुँदैछ । बैठकमा विभिन्न विषयमा छलफल हुँदैछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन पेश गर्दैछन् । उनले राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन २०७५–०७६ पेश गर्नेछन् । 

त्यस्तै बाँकी रहेका ११ कार्यक्रम भने विनियोजन विधेयकमाथिको छलफलका क्रममा आउने छन् । 

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको संभावित कार्यक्रमको सूचीमा विधेयकमाथिको छलफलका क्रममा उठ्ने विषय यस्ता छन्–
१, विभिन्न शिर्षकमाथि छलफल–उर्जा, शिक्षा, संघीय मामिला, परराष्ट्र, गृह, रक्षा र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सम्बन्धी । 

२, सांसद दुर्गाप्रसाद पौडेलले विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालय र कार्यालयको खर्च रकममा एक सय रुपैयाँ घटाउन प्रस्ताव गर्ने । 

३, सांसद ज्ञानेन्द्र बहादुर कार्कीले विभिन्न शिर्षकमा खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव गर्ने । 

४, सांसद प्रेम सुवालले विभिन्न शीर्षकमा खर्च घटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने । 

५, सांसद रामबाबु कुमार यादवले विभिन्न शिर्षकमा खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव गर्ने । 

६, सांसद गगन कुमार थापाले विभिन्न शिर्षकमा खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव गर्ने । 

७, सांसद अहतर कमाल मुसलमानले विभिन्न शिर्षकमा खर्च रकम घटाइ एक रुपैयाँ कायम गरियोस् भनी प्रस्ताव गर्ने । 

८, सांसद नारायण खड्काले सांसद रामबाबु कुमार यादवले विभिन्न शिर्षकमा खर्च रकम एक सय रुपैयाँ घटाइयोस् भनी प्रस्ताव गर्ने । 

९, सांसद दिलेन्द्र प्रसाद बडुले सांसद रामबाबु कुमार यादवले विभिन्न शिर्षकमा खर्च रकम एक सय रुपैयाँ घटाइयोस् भनी प्रस्ताव गर्ने । 

१०, सांसद भीमसेन दास प्रधानले सांसद रामबाबु कुमार यादवले विभिन्न शिर्षकमा खर्च रकम एक सय रुपैयाँ घटाइयोस् भनी प्रस्ताव गर्ने । 

११, सांसद प्रकाशमान सिंहले सांसद रामबाबु कुमार यादवले विभिन्न शिर्षकमा खर्च रकम एक सय रुपैयाँ घटाइयोस् भनी प्रस्ताव गर्ने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ