arrow

गण्डकी प्रदेशमा आइतबार बिहानै थपिए ३८ कोरोना संक्रमित, को कहाँका ?

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
82213945_145633157089217_42.jpg

काठमाडौं । गण्डकी प्रदेशमा आइतबार बिहान ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

थपिनेमा स्याङ्जाका १४, बागलुङका १०, गोरखाका १० र पूर्वी नवलपरासीका ४ जना हुन् । 

यससँगै गण्डकी प्रदेशमा गरिएका परीक्षणबाट कोरोना संक्रमित व्यक्तिहरुको संख्या ९८ पुगेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

समग्रमा भने गण्डकी प्रदेशमा ११३ जनाको ज्यान गएको छ । 

नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा एक जना छन् । 

यस्तै बाग्लुङको बडिगाड गाउँपालिकामा ९ जना र ढोरपाटन नगरपालिकामा १ जना छन् ।

गोरखाको गण्डकी नगरपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । 

यस्तै पूर्वी नवलपरासीका चार जना संक्रमित हुप्सेकोट गाउँपालिकाका हुन् । 

गण्डकीमा गरिएका परीक्षणमा स्याङ्जाका ३७, बाग्लुङका २७, तनहुँका ३, कास्कीका ३, गोरखाका १०, पर्वतका ९, म्याग्दीका २, नवलपुरका ७ जना रहेका छन् । 

अहिलेसम्म ५ हजार ९३ जनाको नमूना संकलन गरेकामा ४ हजार २५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ९८ जनाको पोजेटिभ आएको छ । ७४४ जनाको रिपोर्ट आउन बाँकी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ