arrow

मन्त्री बिना मगर आफ्नो क्षेत्रमा नगई एयरपोर्टमा पुगिन स्वागत गर्न, जनआक्रोश बढ्दो 

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
bina-magar.jpeg

काठमाडौं । खानेपानी मन्त्री बिना मगर आफूले चुनाव जितेको जिल्ला कञ्चनपुरको सीमा नाकामा पुगी नेपालीलाई उद्दार गर्नुको सट्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका नेपाली स्वागत गर्न पुगेको देखेपछि अहिले उनको क्षेत्रमा आक्रोश चुलिएको छ । 

मन्त्री भएपछि आफ्नो क्षेत्रका जनता आपतमा परेका बेलामा केही सहयोग गनरी काठमाडौंमै रहेर एयरपोर्ट पुगेको तस्वीर देखेपछि स्थानीय आक्रोशित भएका हुन् । 

सुदूरपश्चिममा अहिले कोरोनाको टेष्ट किटको समेत अभाव छ । मन्त्री मगरले किट उपलब्धसमेत गराउन सकिनन् । उनलाई थुप्रैले फोन पनि गरे । तर फोन नउठाएको आरोप छ । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिनाले भारतका विभिन्न शरहबाट घण्टौं पैदल हिंडेर सयौंको संख्यामा प्रवासी मजदूरहरु सीमा नाकामा ओइरिँदासमेत व्यवस्थापनमा कुनै चासो दिइनन् । जसका कारण कोरोनाको संक्रमण झनै बढेको भन्दै स्थानीय नेताहरु आक्रोशित भएका छन् । 

मन्त्रीपरिषदको बैठकले उनलाई सुदूरपश्चिममा कोरोनासँग आवश्यक समन्वयका लागि जिम्मेवारी पनि दिएको छ । तर उनले कुनै पहल नगरेको पाइएको छ । 

सीमा नाकामा दुर्दशा भोगिरहेका नेपालीहरुको बारेमा कुनै चासो नदिएर व्यक्तिगत कारमा काठमाडौंको सडकमा सुरक्षाकर्मी समेत नलिएर अचानक एयरपोर्टमा पुगेको तस्वीर सार्वजनिक भएपछि स्थानीयको रीसको पारो तातेको हो । 

‘विदेशबाट प्लेनमा आएकाको स्वागत गर्न आफै कस्सिएर जाने तर हप्ता बढी समयदेखि हिंडेरै भारतका विभिन्न सहरबाट आउनेलाई बेवास्ता ?’ एक स्थानीय नेताले भने, ‘यो त अति भयो ।’

उनलाई सामाजिक संजालमा पनि निकै आक्रोशपूर्ण तरिकाले जवाफ दिइएको छ । मन्त्री मगरले यसअघि अर्का मन्त्री लेखराज भट्टले कञ्चनपुरको बारेमा चासो दिंदा र बजेट विनियोजनको पहल गर्दा समेत आपत्ति जनाएकी थिइन् । 

आफूले सिन्को नभाँच्ने र अरुले कञ्चनपुरको समस्याका लागि पहल गर्दा रिस गर्ने उनको बानीले गर्दा अहिले कञ्चनपुर र सुदूरपश्चिममा कोरोनाको अवस्था भयानक हुन पुगेको भनी आक्रोश पोख्नेहरु धेरै छन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टलाई उद्योग मन्त्री लेखराज भट्टसँग टाढा गराएर आफ्नो क्याम्पमा ल्याउन सफल मन्त्री मगरको व्यवहारले सुदूरपश्चिममा कोरोनाले विकराल रुप लिने देखिएको भन्दै चिन्ता गर्न थालिएको छ । 

मेलम्चीको पानी काठमाडौंमा ल्याएर ख्वाउने भन्दै भाका फेर्दै आएकी बिनाले आफ्नै निर्वाचन क्षेत्रका मतदातालाई चिँढाएपछि उनको भविष्य कता जाला त भन्ने प्रश्न पनि उठेको छ । 

नेकपाभित्रकै नेताहरु भन्छन्, ‘प्रचण्ड कमरेड छन् र यस्तो छ नहुँदा उनको राजनीति कता जान्छ ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ