arrow

भारतमा एकैदिन झण्डै दश हजार संक्रमित, सात हजारको मृत्यु

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
corona-india5.JPG

एएनआई, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको दैनिक संख्या बढ्दै गइरहेको छ । 

सरकारी अधिकारीहरुले आइतबार सार्वजनिक गरेको विवरण अनुसार एकैदिनमा झण्डै दश हजार जना संक्रमित भेटिएका छन् । संक्रमितहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाइएको छ । 

त्यसैगरी गएको २४ घण्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या पनि २८७ रहेको अधिकारीहरुले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा पछिल्लो विवरणमा नै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । 
भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । 

कुल संक्रमितमध्ये एक लाख २० हजार ४०६ जना अझै पनि संक्रमित अवस्थामै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

त्यसैगरी कुल मृतकको संख्या छ हजार ९२९ पुगेको छ भने एक लाख १९ हजार २९३ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।  

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा संक्रमित भेटिएका छन् । जहाँ ८२ हजार ९६८ जना संक्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै संक्रमित भएको तमिलनाडु प्रदेशमा कुल ३० हजार १५२ जना संक्रमित भएका छन् । 

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म देशभरी कुल ४६ लाख ६६ हजार ३८६ जनाको कोरोना परिक्षण गरिएको जनाएको छ । तीमध्ये एक लाख ४२ हजार ६९ जनाको पछिल्लो २४ घण्टा भित्र परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ