arrow

१० कोरोना संक्रमित फिर्ता

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
corona-niko-test.jpg

तुलसीपुर । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित आइतबार कोरोना जितेर घर फर्केका छन् ।  

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र   दाङका दुईदुई तथा बर्दियाका एक जना घर फर्किएका हुन् । 

तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र  केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ ।

  स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि सङक्रमितलाई १४ दिनपछि घर पठाइने  उल्लेख छ । 

 उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५  संक्रमितको उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ