arrow

लकडाउनको मौका छोपी गौरवका आयोजनाका नाममा नदीजन्य पदार्थको चरम दोहन

 स्थानीय भन्छन्ः देखावटी घाटगद्दी गरी, नदी वाटै वेचिन्छ नदीजन्य पदार्थ

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २५ आइतबार
nadi1.jpg

रुपन्देही। देश कोरोना भाईरसका कारण लकडाउनमा छ । सवै क्षेत्रहरु वन्द छन् । मानिसहरुलाई घर वाहिर नआउन र औपचारिक रुपमा जम्मा हुन वन्देज गरिएको छ । तर विडम्वना रुपन्देहीमा लकडाउनको समयमा पनि यहाँका खोलाहरुमा भने रंगमञ्चमा झैं केही उन्माद देखिएको छ ।

चालु आर्थिक वर्ष सकिन लाग्दा विभिन्न आयोजनाका कामहरु सम्पन्न गर्नुपर्ने सरकारको निर्णय अनुसार स्थानीय पालिकाहरुले लगाएको नदीजन्य पदार्थ निकासी ठेक्कामा राष्ट्रिय गौरवको आयोजना नाममा प्राकृतिक स्रोतको चरम दोहन भइ निकासी भैरहेको पाईएको हो। 

जिल्लामा यसरी नदीजन्य पदार्थ निकासीको ठेक्का लगाउने पालिकाहरु मध्ये बुटवल उप–महानगरपालिका, साथै समन्वय सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका र कोटहीमाई गाउँपालिका रहेका छन् भने शुद्धोधन गाउँपालिकाले पनि नदीजन्य पदार्थको निकासी गरिरहेको छ ।

जिल्ला समन्वय समितिबाट स्विकृत कार्ययोजना र बुटवल उप महानगरपालिकामा वसेको वैठकले गरेको निर्णय वमोजिम श्री एस आर विल्डर्स, भावना कन्स्ट्रक्सन, सैनामैना निर्माण सेवा र कालीगण्डकी निर्माण सेवालाई उत्खनन् गर्न अनुमति छ। रुपन्देहीको बुटवल उप–महानगरपालिका वडा नं. १६ र सैनामैना नगरपालिका वडा नं.१ विच भागमा रहेको दानव नदीको कर्साघाट र डहरगाउँ घाटबाट गरी ३२ हजार घनमिटर नदीजन्य पदार्थ निकासी गर्न दिने निर्णय बुटवल उपमहानगरले जनाएको छ ।

जसमध्ये भावना कन्स्ट्रक्सनले ९ सय ५०, सैनामैना निर्माण सेवाले ८ सय ५०, एस आर विल्र्डसले २ हजार, कालीगण्डकी निर्माण सेवाले ७ सय, गाभर कन्स्ट्रक्सन (ईन्डियन गुर्जाेयन कम्पनीले) ५ हजार घनमिटर निकासी गर्ने अनुमति दिईएको उल्लेख छ । वाँकी घनमिटर कसैले थप गर्न चाहेमा दिईने जनाईएको छ । 

प्रतिघन फूट १५.४१ रुयैयाँ (भ्याट सहित) बुटवल उपमहानगर र सैनामैना नगरपालिकाले संयुक्त रुपमा उक्त नदीजन्य पदार्थ ठेक्कामा दिएका थिए। बुटवल उप–महानगरपालिकाले दिएको जानकारी अनुसार उत्खनन् गरिएको नदीजन्य पदार्थ कहाँ स्टोर गर्ने वारे खुलाएका छैनन। 

त्यस्तै शुद्धोधन गाउँपालिका भने नक्कली विल प्रयोग गरी खुलेयाम विक्रिवितरण गरिएको पाईएको हो । रुपन्देहीकै कोटहीमाई गाउँपालिकाले लगाएको ठेक्काका सम्झौता विपरित अवैध रुपमा रातभर नदीमा स्काभेटर र ट्याक्टरहरु प्रयोग गरी नदीजन्य पदार्थ निकासी हुँदा स्थानीय तह बेखवर र स्थानीय प्रशासनलाई जानकारी दिदा गर्दा समेत प्रहरीले आफुहरुले हेर्न आवश्यक नरहेको वताएको कोटहीमाईका एक स्थानीयले जनाएका छन् ।

तर यसरी विभिन्न पालिकाहरुले कोरोना कहरमा धमाधम नदीजन्य पदार्थ उत्खनन् गर्दा जिल्ला प्रशासन कार्यालय लगायत वोदार्थमा रहेका निकायहरु प्राकृतिक स्रोतको अनियमितता हुँदा बेखवर हुनु र चासो व्यक्त नगर्दा अचम्मति परेका छन्। कमिसनको लागि काम भैरहेको हुन सक्ने सैनामैनाका स्थानीयहरुको आशंका छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ