arrow

आमा हेमा छोरा सनीसहित भाजपाबाट यी कलाकारले मारे बाजी

logo
प्रकाशित २०७७ जेठ २५ आइतबार
sunnys.jpg

काठमाडौं । गत बर्ष भारतको तल्लो सदन लोकसभा निर्वाचनमा भाजपाबाट उम्मेदवार बनेका प्राय कलाकारले चुनाव जिते । अभिनेता सनी देवल पहिलो पटक राजनीतिक मैदानमा उत्रिएका थिए । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए  ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गरेका थिए ।  विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भए ।

कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । उनी उत्तर प्रदेशको मथुराबाट उम्मेदवार भएकी थिइन् । उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

भाजपाबाटै चन्डीगढ क्षेत्रबाट उम्मेदवार बनेकी चलचित्र अभिनेत्री किरण खेरले कांग्रेसका वरिष्ठ नेता पवनकुमार बंशललाई ४६ हजार ९७० मतले पराजित गरिन् । अभिनेत्री खेर भारतीय जनता पार्टीबाट निर्वाचित भइन्। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

भोजपुरी नायक रवि किशनले उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेका उनी ३ लाख एक हजार ६६४ मतान्तरले विजयी भए ।

भोजपुरी अभिनेता तथा गायक मनोज तिवारी नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेका थिए । उनले कांग्रेसकी दिग्गज नेतृ शिला दीक्षितलाई साढे तीन लाखभन्दा बढी मतले पराजित गरे ।

अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरिन् । सुमनलता निर्दलीय उम्मेदवार हुन् । उनले एक लाख २५ हजारभन्दा बढी मतले निखिललाई पराजित गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ