arrow

जनसम्पर्क समिति अमेरिकाद्वारा १५ वटा संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २५ आइतबार
munindra-nemwang.jpg

न्यूयोर्क। नेपाली जनसम्पर्क समिति अमेरिकाको श्रोत परिचालन समिति न्यूयोर्कको टाक्सफोर्सले न्युयोर्कमा कोरोना महामारीबाट नेपाली समुदायलाई जोगाउन सकृय विभिन्न १५ वटा संघ संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसले आक्रान्त बनाएको न्यूयोर्कमा महामरीबाट बच्नको लागि नेपाली समुदायलाई माक्स, सेनिटाइजर, ग्लोप्स, थर्ममिटर, टायनल जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरू शुरुदेखि नै उपलव्ध गराई आएको महासचिव एवं कोरोना संक्रमित समुदायका लागि सरकारी सहयोग तथा श्रोत परिचालन समिति अमेरिकाका संयोजक मुनिन्द्र नेम्बाङले बताए। अत्यावश्यक स्वास्थ्य सामग्रीहरू नपाएर न्यूयोर्कका नेपाली छटपट्टिरहेका वेलादेखि नै नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क टाक्स फोर्सले कोभिड-१९ को संक्रमणलाई नेपाली समुदायमा फैलिन नदिन, विभिन्न संघसंस्था मार्फत तथा व्यक्तिगत रुपमा समेत समुदायका संक्रमित सदस्यहरूले पाउने गरी स्वास्थ्यसामग्रीहरू उपलब्ध गराएको नेम्बाङले बताए। 

पुरै अमेरिका लकडाउनले बन्द भएको समयमा, अमेरिकि सरकारले दिएको निर्देशनलाई पालना गर्दै, कानुनी परिधि भित्र रहेर टाक्स फोर्सले सामाजिक दुरीलाई कायम राखी स्वास्थ्य सामग्रीहरू नेपाली समुदायसम्म वितरण गरेको समितिका महासचिव नेम्बाङले बताए। कोभिड-१९ को महामारीमा अमेरिका भरीका शुभेच्छुक सहयोगी दाताहरूबाट प्राप्त स्वास्थ्य सामग्रीहरू, नेपाली समुदायसम्म पुर्याउन न्यूयोर्क टाक्स फोर्स र जनसम्पर्क समितिका साथिहरूको साथ र सहयोगमा मात्र सम्भव भएको उनले जानकारी दिए।

गत अप्रिलको दोस्रो हप्ताबाट सुरूगरेको स्वास्थ्य सामग्री वितरण कार्यक्रम मे महिनाको ३१ तारीख २०२० मा पहिलो चरणको अभियान सम्पन्न भएको बताउदै महासचिव नेम्बाङले, न्यूयोर्क लगायत अन्य च्याप्टरका टाक्स फोर्सहरूले संचालन गरेको आवश्यक स्वास्थ्य सामग्री वितरण अभियनलाई सहयोग पुर्याउने सम्पूर्ण अग्रजहरू, कार्यसमिति, सहयोगी दाताहरू, सामाजिक अभियन्ताहरू, स्वंयेम सेवकहरू, पत्रकार, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, नागरिक समाज र नेपाली समुदायलाई आभार प्रकट गरे। 

समितिले अहिलेसम्म १५ वटा  संस्था मार्फत १२० परिवारलाई व्यक्तिगत तवरले जम्मा ८ हजार ७ सय थान सर्जिकल मास्क, १६६४ थान  हेण्ड सेनिटाइजर, १७ हजार १०० थान हेण्ड ग्लोप्स, १ सय थान थर्ममिटर र २५० थान के एन ९५ मास्क स्वास्थ्य सामग्री नेपाली समुदायलाई वितरण गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ