arrow

बैंक प्रवन्धकसहित २४ जना थपिएपछि कपिलवस्तुमा ५ सय ४७ पुगे

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ २५ आइतबार
covid-test-corona.jpg

कपिलवस्तु । आइतबार कपिलवस्तुमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तौलिहवा स्थित एक सरकारी स्वामित्व भएको बैकंका प्रवन्धक समेतलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

जिल्लामा भिड हुने बैक कर्मचारीमा कोरोना देखीएपछि बैंक कर्मचारी र सेवा ग्राहीमा समेत त्रास सिर्जना भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुले आइतबार साँझ दिएको जानकारी अनुसार जिल्लाका तीन स्थानीय तहमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेहरुमा महाराजगञ्ज नगरपालिकाका ९ जना, यशोधरा गाउँपालिकाका १३ जना र कपिलवस्तु नगरपालिकाका १ जना रहेका छन ।महाराजगञ्जमा ६ देखि ५१ बर्षीय उमेयर समूहका ९ जना पुरुष रहेका छन ।यशोधरा गाउँपालिकाका एक २७ बर्षीय महिलासहित २० देखि ४४ बर्षीय १३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यता कपिलवस्तु नगरपालिकाका ४० बर्षीय एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यो संगै कपिलवस्तुमा संक्रमितको संख्या ५४७ पुगेको छ । नेपालमै पहिलो संक्रमण सख्या धेरै भएको जिल्ला कपिलवस्तु भएको छ कपिलवस्तुमा परिक्षणको दायरा जति बढाए त्यती नै कोरोना भाइरस लाग्नेको सख्या बुद्धि हुदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ