लण्डन। लण्डनको नयाँ नगरप्रमुख (मेयर) मा पहिलो मुस्लिम उम्मेदवार पाकिस्तानी मूलका नागरिक सादिक खान विजयी भएपछि पछि पाकिस्तानमा खुसियाली मनाइएको छ ।
बेलायतको राजधानी लन्डनमा उनी पहिलो पटक मुस्लिम समुदायको नागरिकको रुपमा यो पदमा विजयी भएका हुन् ।
शनिबार बिहान सार्वजनिक भएको स्थानीय निर्वाचनको परिणाममा यो जानकारी दिइएको छ । उनी बेलायतको लेबर पार्टीका राजनीतिज्ञ हुन् । सोही पार्टीका तर्फबाट उनले उक्त पदका लागि उम्मेदवारी दिएका थिए ।
उनलाई हालैका समयमा युरोपेली क्षेत्रमा भड्किएको मुस्लिम विरोधी भावनासँग जोडेर प्रचार गरिएको थियो ।