arrow

मेयरका ससुरालीले ल्याएको पीसीआर मेसिन किन्न बिरगञ्ज महानगरले टेण्डर फर्म नबेचेको आरोप

५ दिनको म्याद राखेर जेष्ठ २३ गते आह्वान गरेको बोलपत्र २५ गतेसम्म पनि बेचिएन

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ जेठ २५ आइतबार
bijay-sarawagi-mayor-birgun.jpg

वीरगंज। वीरगंज महानगरपालिकाले पिसीआर मेशिनको लागि जेष्ठ २३ गते आह्वान गरेको बोलपत्र दरभाउ २५ गते कार्यालयमा खरिद गर्न जाँदा समेत नपाइएको व्यवसायीहरुले बताएका छन्। 

पीसीआर मेशिनको लागि ५ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ। २८ गते १२ बजे भित्र बोलपत्र दर्ता गर्न सूचना उल्लेख गरिएको भएपनि आइतबार बोलपत्र दरभाउ खरिद गर्न गएका दिपक यादवलाई त्यहाँका कर्मचारीहरुले कागजात तयार नभएकोले भोलि आउनु भन्दै पठाईदिएका छन् । 

इटेण्डर गर्नुपर्ने भएपनि त्यसलाई नजरअन्दाज गरि टेण्डर निकालिए पछि पनि फर्म खरीद गर्न चाहेकाहरुलाई टेण्डर फर्म नदिएर शुरुमै घोटालाको आशंका बढाएको व्यवसायीहरुले बताएका छन्। 

वीरगंज महानगरपालिकाका स्वास्थ्य प्रमुख अरुण महतोले यस सम्बन्धमा महानगरका इन्जिनीयरले सबै कुरा हेरिरहेको बताए। उनले जो कोहीले पनि सोमबारबाट दरभाउपत्र लिन सक्ने बताए। 

स्वास्थ्यप्रमुखसँग कुरा सकिएको लगत्तै इन्जिनीयर राकेश साहले हार्डकपी तयार नभएकोले सोमबार आयन भनेको बताए। सफ्टकपी चाहियो भने पेनड्राइभमा लैजानुस् भनी साहले फोन गरेर उनले बताए ।

टेण्डरको सूचना सम्वन्धित संस्थाको वर्भसाइटमा राख्ने अभ्यास भएपनि वीरगंज महानगरपालिकाको वेभसाइटमा सफ्टकपी लोड गरिएको छैन। हाम्राकुराले यसबारेमा खोजी गरेपछि ११० पानाको उक्त सफ्टकपी अहिले वीरगंज महानगरपालिकाले आफ्नो वेभसाईटमा राखेको छ ।

विरगञ्जका मेयर बिजय कुमार सरावगीले झिकाउने तयारी गरेको पीसीआर मेशिनको स्पेसिफिकेशनको विशेषता ‘किआगन’ कम्पनीसंग मिल्छ ।

जर्मनीमा निर्मित उक्त ‘किआगन ’ पीसीआर मेशिन श्री राणी सती ट्रेडिङ्गका संचालक दिनेश कनौडीयाले भारतबाट ५ थान खरिद गरी कृष्णनगर नाकाबाट भित्र्याएका थिए । सोही मेशिन मध्ये एक मेशिन वीरगंजमा ल्याउने तयारी भइसकेको बताइन्छ। वीरगंजका मेयर बिजय कुमार सरावगीको ससुराली कपिलवस्तुको कनौडिया परिवारमै भएकोले थप शंका उत्पन्न भएको छ।

पीसीआर मेशिन र किट आवश्यक भएकोले दिनरात चन्दा उठाउनमा संलग्न मेयर सरावगीले ५० लाख भन्दा बढीको सामान खरिद गर्दा ई बिडीङ्ग गर्नु पर्नेमा त्यो नगरी म्यानुअल पद्धती अपनाएर लकडाउनको बेलामा बोलपत्र खरिदकर्तालाई निरुत्साहित गरेको देख्दा उनको नियतमाथि शंका उत्पन्न भएको एक वोलपत्र खरीद गर्न गएका व्यक्तिले भने। महानगरले भित्र्याउन लागेको पीसीआर मेसिन र कीट एक करोड अठ्तिस लाखको भएको बताइएको छ। 

लकडाउनको अवधिमा वीरगंज महानगरपालिकाको गतिविधिलाई नजिकबाट नियालीरहेका उच्च अदालत बार एसोसिएसन वीरगंजका अध्यक्ष शालिकराम प्रसादले मेयर बिजय सरावगीको काम गर्ने शैलीमा ढंग नपुगेको बताए। लकडाउनको ६७ औं दिन नागरिक समाजका अगुवाहरुलाई बोलाएर सहयोगको अपिल गरेका मेयरले नागरिक समाजसँग गरेको अपिलमाथि पनि प्रश्न उठाए। 

आफु चढ्न डेढ करोडको गाडी खरिद गर्दा, सबै वार्ड अध्यक्षहरुलाई पौने तिन लाखको पल्सर मोटरसाईकल बाड्दा नागरिक समाजको राय विचार नचाहिने तर अहिले फेरि उनले सहयोगको खोजी गरेकोमा शालिकरामले व्यंग्य गरे। जनताको भलाईको निम्ति गरिने काममा निगरानी सहितको सहयोग हुने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ