arrow

अमेरिकामा कोरोनाबाट २४ घण्टामा अहिलेसम्मकै कम मृत्यु, ब्रजिलमा पनि कमी 

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
corona5.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमणमा २४ घण्टाको अवधिमा पाँच दिनपछि अमेरिका फेरि शीर्ष स्थानमा पुगेको छ । ब्रजिलले लगातार पाँच दिनसम्म अमेरिकालाई जितेकामा अमेरिकाले सोमबार बिहानसम्मको २४ घण्टामा ब्रजिललाई उछिनेको हो । 

सोमबार बिहानसम्म अमेरिकामा १८ हजार ९०५ जना कोरोना संक्रमित थपिए । दोस्रो ब्रजिलमा १८ हजार ३७५ जना थपिएका छन् । यसअघि आइतबार ब्रजिलमा २७ हजार ५८१ जना नयाँ संक्रमित थपिँदा अमेरिकामा २२ हजार ८३६ ३१ हजार ८९० जना संक्रमित थपिएका थिए । 

शनिबार ब्रजिलमा ३० हजार १३६ संक्रमित थपिँदा १००८ मृतक थपिए । दोस्रो स्थानको अमेरिकामा २५ हजार ३९३ संक्रमित थपिँदा ९७५ मृतक थपिए ।

बुधबार बिहानसम्म पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको थियो । 

तर दोस्रो स्थानको ब्रजिलले दुवैमा जितेर २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको थियो । 

बिहीबार बिहान पनि ब्रजिलले अमेरिकालाई उछिन्यो । ब्रजिलमा २७ हजार ३१२ जना संक्रमित थपिँदा मृतक १ हजार २६९ जना थपिए ।

रुस भने केही पछि परेको छ । रुसलाई भारतले उछिन्दा चौथोमा झरेको छ । रुसमा ८ हजार ९८४ जना संक्रमित थपिँदा १३४ जनाको मृत्यु थपिएको छ । 

भारत भने तेस्रो स्थानमा रह्यो । भारतमा अहिलेसम्मकै बढी १० हजार ८८४ जना नयाँ संक्रमित थपिँदा २६१ जनाको ज्यान गएको छ । 

मृत्युमा सोमबार बिहानसम्म सबैभन्दा बढी चिलीमा ६३९ जनाको ज्यान गएको छ । चिली समग्रमा संक्रमितको संख्यामा १३ औं स्थानमा रहेकामा सोमबार बिहानसम्म उसले सबै देशलाई उछिनेको हो । नयाँ ६ हजार ४०५ जना संक्रमित थपिँदा १ लाख ३४ हजार १५० पुगेको छ । मृतक २ हजार १९० पुगेका छन् । 

सोमबार बिहानसम्म अमेरिकामा बिगत तीन महिनाकोे अवधिमा अमेरिकामा सबैभन्दा कमको मृत्यु भएको छ । 

२४ घण्टामा अमेरिकामा मात्र ३७३ जनाको मृत्यु भएको हो । अहिलेसम्म अमेरिकामा २० लाख ७ हजार ४४९ जना संक्रमित हुँदा १ लाख १२ हजार ४६९ जनाको ज्यान गएको छ । 

ब्रजिलमा ५४२ जनाको ज्यान गएको छ । यो पनि ब्रजिलमा पछिल्लो समयको कमी हो । त्यस्तै समग्रमा ३६ हजार ४९९ को ज्यान गएको छ । ब्रजिलमा ६ लाख ९१ हजार ९६२ जना संक्रमित भएका छन् । 

संक्रमित बढ्नेमा भारत तेस्रो स्थानमा रह्यो भने रुस चौथो स्थानमा रह्यो । रुसमा ८ हजार ९८४ जना संक्रमित हुँदा मृतक १३४ थपिए । रुसमा संक्रमित ४ लाख ६७ हजार ६७३ पुगेका छन् । मृतक ५ हजार ८५९ पुगेका छन् । 

समग्रमा विश्वमा २४ घण्टामा १ लाख १३ हजार ९० जना संक्रमित थपिँदा ३ हजार ३८२ जनाको ज्यान गएको छ । 

हालसम्म विश्वमा ७० लाख ८२ हजार २१२ जना संक्रमित हुँदा ४ लाख ५ हजार ८१ जनाको ज्यान गएको छ । अहिलेसम्म ३४ लाख ५६ हजार ९४४ जनालाई निको भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ