arrow

अमेरिकी रंगभेद र रुकुम घटनाविरुद्ध नेपालीहरुको ऐक्यवद्धता

भन्छन् –रंगभेद र जातीय विभेदले पोलिरहेको छ हामीलाई

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
Untitled-139.jpg

न्यूयोर्क। अमेरिकामा चलिरहेको रंगभेदविरुद्धको आन्दोलनलाई त्यहाँ बस्ने नेपालीहरुले पनि ऐक्यवद्धता जनाएका छन् । नेप्लिज अमेरिकन समुदायले आयोजना गरेको न्यायपूर्ण ऐक्यवद्धता र्यालीमा आइतबार (जुन ७) को बेलुका न्यूयोर्कको ज्याक्सन हाईट्स, डाइभर्सिटी प्लाजामा सम्पन्न भएको हो । 

यस न्यायपूर्ण ऐक्यवद्धता र्यालीमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले ऐक्यवद्धता जनाएको छ। फाउण्डेशनको तर्फबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सिम्खडाको उपस्थिति रहेको थियो ।

मिनियानापोलिस राज्यमा एक प्रहरीको यातनाका कारण अश्वेत नागरिक जर्ज फ्लोइडको हत्या भएको पुष्टि भएपछि अमेरिकाका विभिन्न राज्यका अधिकांश शहरहरुमा प्रदर्शन भइरहेका छन् ।

र्यालीमा हालै नेपालको रुकुममा भएको घटनाको पनि भत्सर्ना गरिएको थियो । फाउण्डेशनले पनि रुकुम घटनाको निन्दा गर्दै आएको छ । 

एक्काइसौं शताब्दीको समाजमा पनि जातपात, छुवाछुत, तल्लो वर्ग (उपल्लो वर्ग) को नाममा हत्या हिंसा हुनु दुःखद र निन्दनीय छ। फाउण्डेशनले रुकुम घटनाको सत्यतथ्य खोजविन गरी निष्पक्ष छानबिन हुनु पर्ने र दोषीलाई कारवाहीको माग गरेको छ।

अमेरिका र नेपालमा भइरहेको जातिय विवेद विरुद्दको शान्तिपूर्ण प्रदर्शनमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले ऐक्यवद्धता जनाउने क्रममा बिहीबार न्यूयोर्कका सिनेटर जन सि लियुले आव्हान गरेको ‘हामी सास फेरौं’ भन्ने नाराका साथ पुलिसमा सुधारहरुका लागि भएको सो शान्ति र्यालीमा भाग लिएको थियो ।

‘मिनियानापोलिसमा भएको जर्ज फ्लोडको मृत्युबाट हामी अमेरिकावासी  अत्यन्तै दुःखी भएको र एक्काईसौं शताब्दीमा पनि अमेरिकामा रंगभेद अन्त्य गर्न नसक्नु दुःखद हो । जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन समस्याको समाधान निकै गाह्रो छ ।’ फाउण्डेशनको वक्तव्य मा भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ