arrow

सबैभन्दा बढी क्षेत्रफल भएको नोचा पोखरीको निर्माण शुरु

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ जेठ २६ सोमबार
pokhari2.jpg

जनकपुर । जनकपुरमा सबै भन्दाबढी क्षेत्रफल रहेको ऐतिहासिक नोचा पोखरीको दोस्रो चरणको निर्माण कार्य शुरु भएको  छ । जनकपुरधाम उपमहानगरपालिका वडा वडा नम्बर १५ र वडा नम्बर २० को बीचमा पर्ने ऐतिहासिक नोचा पोखरी २०७२ सालदेखि शुरु भएको निर्माण कार्य पहिलो चरणमा ४० प्रतिशत कार्य भएको छ  भने दोस्रो चरणको कार्यका लागि आईतवार देखि शुरु गरेका छन् ।  पोखरीको दोस्रो चरणको निर्माण कार्य नेपाली कांग्रेसका जनकपुरधाम उपमहानगरपालिकाका नगरसभापति मनोज साहको पहलमा भएको हो । 

धनुषाकै सबैभन्दा ठूलो क्षेत्रफल रहेको नोचा पोखरी को क्षेत्रफल १० बिघा ११ कठ्ठा १७ धुर रहेको छ । सभापति साहका अनुसार यो भन्दा पहिला ५ करोड लागतमा पहिलो चरणमा इन्भेस्टमेन्ट भैसकेको र यो गत बर्षमा दोस्रो चरणको काम ५० लाख का काम सुरु गरेका हुन् ।

नगरसभापति साहले भने भ्यू टावर निर्माण गर्ने लक्ष्य पनि छ । निर्माणका सबै कार्य सम्पन्न भएमा प्रदेशकै नमूना पार्क तथा पिकनिक स्पोर्ट बन्ने साहले बताए ।

 यो पोखरीको आफ्नै इतिहास रहेको छ, यो पोखरीको नाम किन " नोचा पोखरी "परियोभने यो स्थानमा प्रख्यात रहेको नोचाठाकुर गरेर देउता रहेको कारणले यो नोचा पोखरीले चिन्न छ ।

भवन तथा शहरी कार्यालयका योजना प्रमुख गंगा प्रसाद यादवले नोचा पोखरी पुगेर अनुगमन गर्दै भने, ‘पहिलो चरणमा घाट निर्माण, डिलवरिपरि सडक निर्माण लगायतको कार्य भएको छ । त्यसमा पनि केही कार्य बाँकी रहेकोले त्यो कार्यको दोस्रो चरण को काम शुरुवात भएको छ । यस आर्थिक वर्षमा घेरा तथामा र्निङ्ग वार्क ट्र्याक निर्माण गरिनेछ ।

धनुषाकै सबभन्दा ठूलो र नमूना पार्क तथा पिकनिक स्पोर्ट स्थलको रुपमा नोचा पोखरीको निर्माण कार्य भई रहेको नेपाली कांग्रेस धनुषाका नगर सभापति मनोज साहले बताए। यो पोखरीको चारैतिर बिजुली बत्ती, खानेपानी, शौचालय तथा पिकनिक स्थल निर्माण गर्ने लक्ष्य रहेको साहले बताए । ‘पिकनिक स्थलको रुपमा विकास गर्नका लागि ४० प्रतिशत निर्माण कार्य भई सकेको छ भनेर यसवर्ष पनि ५० लाखको निर्माण कार्य शुरु भएसैको साह बताए ।

नगर सभापति साहले १२ औं महिना पिकनिक गर्न सकिने लक्ष्यका साथ कार्य भएको बताउँदै सम्पन्न गर्नमा ५ करोडभन्दा बढी लागत अरु लागने बताए । त्यसका लागि खानेपानी कार्यालय, विजुली कार्यालय, स्थानीय सरकार, सडक भिडिजन कार्यालय लगायतको निकायसँग पहिलो चरणको कुराकानी अगाडि बढि सकेको साहले बताए ।
 
 नगरसभापति साहका अनुसार भ्यू टावर निर्माण गर्ने लक्ष्य पनि रहेको हो। निर्माणका सबै कार्य सम्पन्न भएमा प्रदेशकै नमूना पार्क तथा पिकनिक स्पोर्ट बन्ने बताए ।

निर्माण कार्यको अनुगमानमा आयोजना इन्जिनियर लक्ष्मण यादव, जोगेन्द्र साह, कलाधर झा, महन्था महतो, जगदेश दास, रामकुमार साह, सुनिता कुमारी मण्डल, सुनैना साह, तेजनारायण दास, रामभरोस दास सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ