arrow

भारतबाट आएका ३१ जनामा कोरोना, बसेको क्वारेन्टाइनको खोजी हुदै

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
covid-test-positive-corona.jpg

अर्घाखाँची । अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना देखिएका उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका हुन् भन्नेबारे खोजी भइरहेको जिल्ला निरीक्षक पौडेलले बताए । 

सरुमारानीका संक्रमितलाई बेलझुण्डी लैजाने तयारी
झिमरुक– प्यूठानको सरुमारानी गाउँपालिका–२ मा हिजो भेटिएका १९ वर्षीय कोरोना संक्रमित पुरुषलाई सोमबार कोरोना विशेष अस्पताल दाङ बेलझुण्डी लैजाने तयारी गरिएको छ । 

खड्केश्वरी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । पालिकामा आइसोलेशन नभएका कारण उहाँलाई उपचारका लागि बेलझुण्डी लैजान लागिएको स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ