arrow

सरकारको घुमाउरो कर दाखिलाले थप संक्रमणको खतरा, व्यवसायीको दुखेसो- खोल्नुको विकल्प छैन, व्यापार शुन्य

कोरोना कहरमा निश्चित समय वजार खुल्दा व्यवसायीद्वारा चिन्ता

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ २६ सोमबार
butwal.PNG

रुपन्देही । विश्वका अधिकांश देशहरुमा महामारी संकट ल्याएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव नेपालमा पछिल्लो समय शसक्त हुने आँकलन गरिएको छ । नेपालमा सरकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले जारी गरेको लकडाउनको अवधि सोमवार (आज) ७७ औं दिन पुगेको छ ।

जसका कारण सवै क्षेत्रहरु वन्द हुँदै आएपनि तर सरकारले चालु आर्थिक वर्षको राजस्व (कर) तिर्नु जनतालाई जेठ २५ गते भित्र दाखिला गरिसक्नु पर्ने उर्दी गरेको पछि त्यसको देशका विभिन्न ठाउँहरुमा विरोध भयो । त्यसपश्चात् सरकारले उक्त निर्णयलाई सच्चाउँदै पुन. आगामी असार ७ गते भित्र अनिवार्य रुपमा कर दाखिला गर्नुपर्ने जनाएपछि कोरोना भाईरसको यो जोखिमपुर्ण समयमा अहिले नागरिकहरु खुलेयाम वाहिर आउन थालेका छन् । साथै वन्द रहेका उद्योग व्यवसायहरु खोल्न वाध्य भएका छन् ।

सोही अनुरुप लकडाउनलाई केही खुकुलो बनाउँदै रुपन्देहीको बुटवल उप–महानगरपालिकाले नगरभित्र निश्चित् समयावधि तोकेर वन्द रहेका उद्योग, व्यवसायहरु सञ्चालन गर्न आह्वान गरेपनि तर कोरोना भाईरसको त्रासले नागरिकहरु किनमेलका भन्दै अझै वाहिर नआउने गरेको र व्यवसाय खोल्नु वाहेक व्यापार केही नहुने गरेको बुटवलका केही व्यवसायीहरुले दुखेसो पोखेका छन् । उनीहरुले घरवहाल र कर कसरी तिर्ने भन्ने चिन्ताले सताएको वताउँछन् ।

व्यवसायीहरु भन्छन् राज्यको घुमाउरो कर दाखिला गर्नुपर्ने अभिव्यक्तिले नागरिकहरु आक्रोसमा व्यवसाय खुल्ला गर्दा थप पछिल्लो समय कोरोना भाईरसको जोखिम वढेको जनाए । यस्तै व्यवसाय खोलेको मात्रै देखिन्छ तर व्यापार शुन्य छ, लामो समय देखि बुटवलमा व्यवसाय गर्दे आएका अमिर थापाले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ