arrow

आमिर र सलमान ढोंगी,अनिल कपूरले खुलाए कारण

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
anil-kapoor.jpg

काठमाडौं । बलिउडका सदाबहार अभिनेता अनिल कपूरका नजरमा दुई सुपरस्टारहरू आमिर खान र सलमान खान 'ढोंगी' हुन्।  भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अनिल कपूरले यस्तो आरोप लगाएका थिए ।

फिल्म महोत्सवको एक सेसनमा निर्देशक अनीज बज्मीको प्रश्नको जवाफका क्रममा अनिल कपूरले बलिउडका दुई ठूला सुपरस्टारहरूको बारेमा खुलासा गरे। अनिल कपूरले भने सलमान र आमिरले ढोंग गर्छन् र अरू कलाकारहरुलाई मूर्ख बनाउँछन्।

कार्यक्रममा अनिल कपूरलाई "शुरुवाती सफलता, कार र घर किनेपछि कलाकारहरू किन अल्छी हुन्छन्?  पछि उनीहरूले कामलाई गम्भीरतापूर्वक लिदैनन्?  तपाईलाई के लाग्छ यस श्रेणीमा कोहि अभिनेता छ?"  भनि सोधिएको थियो ।

प्रश्नको उत्तर दिदै अनिल कपूर भन्छन् 'म तपाईसँग सहमत छु। धेरै कलाकारहरू सुरुमा राम्रो काम गर्छन् तर पछि अल्छी हुन्छन्। उनीहरूले कामलाई गम्भीरताका साथ लिदैनन्। आमिरलाई हेर्नुस, उनी आफैंलाई अल्छी मान्छे भन्छन् तर उनी त्यस्तो छैनन्। आमिरले त्यसो भएको बहाना मात्र गर्छन्, जसले अन्य कलाकारहरूलाई महसुस गराउँछ कि जब आमिर खान यति ठूलो अभिनेता भएर पनि यति अल्छी छन् भने म पनि अल्छी गर्नेछु। तर बास्तवमा आमिर सबैभन्दा मेहेनती अभिनेता हुन्।'

अनिल कपूरले सलमानको बारेमा भने, 'जब म सलमान खानसँग विमानमा यात्रा गर्दछु, तब उनले मिठो खानेकुरा पटक-पटक मगाउछन् ताकि मैले पनि  त्यस्तो खानेकुरा मगाउ। सत्य यो हो कि सलमानले विरलै त्यस्तो स्वादिष्ट खाना खान्छन् तर अन्य कलाकारहरूले महसुस गर्छन् कि जब सलमान हरेक दिन त्यस्तो स्वादिष्ट खाना खाएर यति सुन्दर छन् भने, म पनि मिठै खाउ। सलमानले अन्य कलाकारहरुलाई बहकाउन काम गर्दछन्।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ