arrow

दार्चुला : कोरोना संक्रमित युवकसंगै सुतेका अर्का युवकको आरडिटी पोजेटिभ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ २६ सोमबार
covid-test-positive-corona.jpg

दार्चुला । जेठ १५ गते कोरोना पुष्टि भएका महाकाली नगरपालिकाका २१ वर्षीय युवकसंगै क्वारेन्टाइनमा सुतेका अर्का एक युवकमा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) पोजेटिभ देखिएको छ । 

महाकाली नगरपालिका ८ धापका २४ वर्षीय युवकमा सोमवार आरडिटी जाँच गर्दा पोजेटिभ देखिएको महाकाली नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालजिरा भट्टले जानकारी दिए । भारतको दिल्लीबाट जेठ ८ गते जिल्ला भित्रिएका उनीहरु सदरमुकाम स्थित महेन्द्र नमुना माविको क्वारेन्टाइनमा बसेका थिए ।
 
सोमवार आरडिटी पोजेटिभ देखिएका २४ वर्षीय पुरुष २-३ दिन कोरोना पोजेटिभ देखिएका युवक संगै एकै बेडमा सुतेका थिए । आरडिटी पोजेटिभ देखीएका ती युवकलाई आइसोलेशनमा राखिएको तथा सम्पर्कमा रहेका अन्य तीन जनालाई पनि छुट्टै कोठामा राखिएको उनले बताए । 

दार्चुलाका पहिला कोरोनाका लक्ष्यण देखिएका २१ वर्षीय पुरुषको जेठ १७ गते गरिएको पिसिआरको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । उहाको तेस्रो पटकको स्वाव संकलन गरेर पठाएको भए पनि रिपोर्ट आउन सकेको छैन् । 

सोमवार मात्रै महेन्द्र नमुना माविको क्वारेन्टाइनमा रहेका १९ जनाको आरडिटी जाँच गरेर १० दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै घर पठाइएको छ । उनीहरुलाई घर पठाइएकै दिन आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि झन संक्रमणको जोखिम बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ