arrow

इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

logo
एएनआई,
प्रकाशित २०७७ जेठ २६ सोमबार
israel-ambassador-amira-oron.jpg

तेल अबिब। इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ। उनी इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत भएकी अधिकारीले जनाएका छन्। इजरायलले चर्चित कुटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार इजिप्टका लागि राजदूत नियुक्त गरेको जनाइएको छ।  “सरकारले आज अमिरा ओरोनलाई इजरायलको तर्फबाट इजिप्टका लागि राजदूतको रुपमा नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ,” विदेश मन्त्री गावि अश्केनाजीले भने। 

उनलाई सो पदमा नियुक्त गरेपछि दुई देशको आपसी सम्वन्ध र कुटनीतिक क्षेत्रमा राम्रो नजिता आउने अपेक्षा गरिएको पनि विदेश मन्त्री अश्केनाजीले बताए। 
राजदूतमा नियुक्त ओरोनले अरबी भाषामा राम्रोसँग बोल्न सक्छिन भने प्रभावशाली कुटनीतिज्ञका रुपमा लिइने गरिन्छ। उनीलाई धेरै पहिला नै नियुक्त गर्नुपर्ने भएपनि सरकार भित्रको आन्तरिक मतभेदका कारण ढिलाई भएको जनाइएको छ।

इजरायलतको तर्फबाट इजिप्टमा यसअघि डेभिड गोर्भिन राजदूत थिए। उनी गत बर्ष सन् २०१९ को मे मै फर्किएका थिए। त्यसपछि इजिप्टमा इजरायलको राजदूत पदमा नियुक्त हुन सकेको थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ