arrow

रुपन्देहीको गाइफार्ममा काम गर्नेबाट पाँच साथीहरुको सामूहिक हत्या !

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
Tillotama_Nagarpalika.png

बुटवल । रुपन्देही जिल्लामा एक जनाले पाँच साथीहरुको सामूहिक हत्या गरेको खुलेको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा सोमबार राति उनीहरुको सामूहिक हत्या भएको हो । 

मृतकहरुको पहिचान गर्ने क्रममा रहेको प्रहरीले बताएको छ । हत्याका अभियोगीलाई पक्राउ गरिएको मंगलापुर प्रहरी कार्यालयले बताएको छ । 

गाई र भैँसी फार्ममा काम गर्नेले उनीहरुको हत्या गरेको प्रहरीले बताएको छ । हत्या किन भयो भन्ने खुलेको छैन । 

प्रहरीले सोधपुछ जारी रहेको बताएको छ । मृतकमा एक महिला र चार पुरुष हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ