arrow

पाँच कोरोना संक्रमित चढेको एम्बुलेन्स दुर्घटनाग्रस्त

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
accident-final.jpeg

अर्घाखाँची । कोरोना सङ्क्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स सोमबार राति दुर्घटना हुँदा पाँच सङ्क्रमित घाइते भएका छन् ।  

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा फर्जेङ खोला बजार नजीकै लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको हटारीनेटाको आइसोलेशन वार्डमा राखी उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ