arrow

 लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
haridevi-koirala.jpg

चिप्लेढुङ्गा । विश्वको पहिलो महिला क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ । 

बन्दाबन्दीमा भर्चुअल प्रविधिको प्रयोग गरेर रु २५ हजारसहित सम्मान गरिएको क्लबका अध्यक्ष हीरा भट्टराईले जानकारी दिए । “अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ ।”

उनले क्लबको सातौँ सम्मान रहेको र हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्याएका एक महिलालाई नगदसहित सम्मान गर्दै आएको जानकारी दिए । भट्टराईले सम्मानपत्र पढेर सुनाएका थिए । 

सम्मान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थिति अनुकूल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताए । शब्दद्वारा सम्मान व्यक्त गर्दै उनले लोकगायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए । 
 
पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए ।

सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखे । सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनको भनाइ थियो । 

क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ