arrow

चण्डेश्वरी स्वास्थ्य केन्द्रलाई सामग्री 

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
101955427_2818186365075600_.jpg

काठमाडौं । टोखामा रहेको चण्डेश्वरी स्वास्थ केन्द्रलाई पिपिए, माक्स र सेनीटाइजर उपलब्ध गराइएको छ । काठमाडौं नेपाली कांग्रेसका नेता र रजनी फाउण्डेशनका प्रतिनिधीले अस्पतालमा पुगेर केन्द्रका निर्देशक डा सुमन आचार्यलाई उपलब्ध गराएका हुन् । 

चण्डेश्वरी स्वास्थ्य चौकीका अध्यक्ष एवं टोखानगरपालिका २ का वडा अध्यक्ष दिपक जोशीले कोभिड १९ मा जनतालाई परेको पिरमर्का र आफूले जनप्रतिनिधि भएर गर्न सकेको कामको जानकारी गराएका थिए । आफू अध्यक्ष रहेर यस अस्पतालको स्तर उन्नतिका लागि गरेको प्रयास पनि बताएका थिए । 

साथै सोमबार चण्डेश्वरी स्वास्थ्य चौकीलाई पिपिई, माक्स, सेनिटाइजर उपलब्ध गराई दिने रजनी फाउण्डेशनकी अध्यक्ष रजनी थापा र नेता रामचन्द्र घिमिरेलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए । 

कार्यक्रममा घिमिरेले ‘कोभिड १९ बाट हामी सबै घरघरमा लकडाउनमा छौं । नेपाल सरकारले गरेको यो लकडाउन हाम्रै सुरक्षाका लागि हो । हामीले यसको पालना गर्नुपर्दछ । हामीले आआफ्नो ठाउँ वरपर रहेका विरामीलाई र राहतको लागि एक अर्कालाई सहयोग गर्नुपर्दछ । आज रजनी फाउण्डेशको अध्यक्ष रजनी थापाले जुटाउनु भएको स्वास्थ्य सामग्री हाम्रो क्षेत्रमा रहेको यस स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउन पाउनु ठूलो अवसरको रुपमा लिएको छु’ भने ।

रजनी फाउण्डेशनअध्यक्ष थापाले ‘हामी हाम्रो स्वास्थ्य केन्द्रसँग नजिक बसेर अन्य कामहरु पनि गर्न सक्छौं । यो कोभिड १९ बाट आफु बच्न, परिवार बचाउन, टोल, वडा र नगरपालिकालाई बचाउनु हाम्रो दायित्व हो । यस कामका लागि हामी जुनसुकै समयमा पनि तयार छौं । यस हस्पिटलमा आफुले सकेको सामान उपलब्ध गराउन पाउँदा खुसी लागेको छ । आउने दिनमा पनि सँगै बसेर काम गर्नेछौं । यस महामारीमा एक अर्काको सहयोगी बनौं भन्दै रोग र भोकले मर्न पर्ने अवस्था आउन नदिन लागौं’ भनिन् ।

कार्यक्रममा डा सुमन आचार्यले अस्तपातलले प्रसुति लगायत जनतालाई दिएको सेवाको बारेमा जानकारी गराएका थिए । उनले भने, ‘कोभिड १९ सन् २०२२ सम्म रहन सक्ने भनि विश्वस्वास्थ्य संगठनले भनेको हुँदा हामी सबै अनुशाशित बनौं । यो रोग एक मानिसबाट अर्को मानिसमा सर्ने भएको हुँदा माक्स प्रयोग गरौं । सरसफाईमा ध्यान दिऔं । हाम्रो अस्पतालले सकेको सेवा जनतालाई गर्ने छ । सबैको सहयोग भयो भने अझ बढी हामी जनतालाई सेवा दिन सक्छौं । भोलिका दिनमा पनि यहाँहरुबाट सहयोग हुने नै छ, यहाँहरुलाई धन्यवाद ।’

उक्त कार्यक्रममा नेपाली कांग्रेस टोखा वडा नं २ का सभापति काइला डंगोल, कांग्रेस नेताहरु युथ मर्हज, रमेश नापित, फोटो पत्रकार प्रथम बोगटी, अस्पतालका डाक्टर, नर्स, स्वास्थ्य कर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ