arrow

डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
Handcuffs.jpg.png

राजविराज । डाका मुद्दामा फरार एक अभियुक्तलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङ्गा नगरपालिका–८ बस्ने हरिलाल रामका ३२ वर्षीय छोरा अनिलकुमार राम रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
 
फरार प्रतिवादी रामलाई इलाका प्रहरी कार्यालय कडोरबोनाबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालत राजविराजले विसं २०७१ असार १७ गतेको गरेको फैसलामा डाका मुद्दामा रामलाई अदालतले तीन वर्ष कैद सजाय तोकेको  थियो । पक्राउ परेका उनलाई जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको छ ।
 
लागुऔषधसहित युवक पक्राउ

सप्तरीको  विष्णुपुर गाउँपालिका–१ खुरहुरियाबाट ठूलो परिमाणको  लागुऔषधसहित एक युवक सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदह बस्ने २२ वर्षीय अनिलकुमार मण्डल रहेको प्रनाउ तिलक भारतीले बताए ।

पक्राउ परेका उनको साथबाट एस्पोन्जमो प्रोक्सोभोन प्लस नामका तीन हजार १६८ क्याप्सुल, डिलक्स डिसी १०० एमेलका २८ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा  खुरहुरियाबाट उनलाई पक्राउ गरिएको हो ।  

बा६७प ४८५३ नंको मोटरसाइकलमा लोड गरी दक्षिणबाट उत्तरतर्फ ल्याउँदै गरेको बोरा शङ्का लागि जाँच गर्दा प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो ।

पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ