arrow

नवलपरासी पश्चिममा एकैपटक भेटिए १२ कोरोना संक्रमित

पश्चिममा मात्रै ३३ संक्रमित पुगे

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
corona-test-nepalgunj.gif

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा मंगलबार एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्ता गाँउपालीकामा एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो ।

 संक्रमित मध्ये सुस्ता वडा नम्बर १ का ६ जना छन् भने सुस्ता वडा नम्बर ३ मा दुई जना, चारमा एक जना र पाँचमा तिन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।

संक्रमित वडा नम्बरमा १ मा ४० वर्षका दुई जना, २४, ४६,४८ र ५६ वर्षका एक एक जना छन्   छन् भने वडा नम्बर ३ मा १६ र ३० वर्षिय यस्तै चारमा ४० वर्षिय र वडा नम्बर ५ मा १६,२३ र २७ वर्षका छन् । संक्रमित सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए ।

 यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्ट आएको हो । ६३ जनाको रिपोर्ट निगेटिभ अाएको छ भने तीन जनाको रिपोर्ट अाउन बाकी रहेको छ ।

उनिहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनिहरुलाई सुस्तामै रहेको नव निर्मित बेलवानी स्वस्थ्य चौकिको भवनमा पठाउने तयारी भईरहेको सुस्ता गाउँपालिकाले जनाएको छ । यस अघि पनि सुस्तामा ४ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना निको घर आइसकेका छन् ।

 यस संगै नवलपरासी पश्चिममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जस मध्ये सुस्तामा सबैभन्दा बढि १६ जना संक्रमित फेला परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ