arrow

'नेक ब्लास्ट' ले झापाको धानबाली बिगार्‍यो, किसानहरु चिन्तित

logo
पुष्प आर जे,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
crop.jpg

झापा । पुर्बी नेपालको झापा जिल्ला धानबालीका लागि महत्वपूर्ण मानिन्छ। झापा जिल्लामा उत्पादन हुने धानले देशकै ठुलो हिस्सा ओगटेको पाइन्छ । बिगतमा झै यसबर्स पनि बालि पाक्ने समयमा धानबालीमा विभिन्न समस्याले सताउदा कृषकहरु मर्कामा पर्ने देखिन्छ्न ।

 पारम्परिक खेती र बिज्ञको अभावमा रोग पहिचान गर्न र निवारणमा समस्या देखिएको छ। आफुखुसी बिषादिहरु प्रयोग गरेर नभएपछि मात्र कृषक बिज्ञसंग सल्लाह लिन जाने गरेको पाईन्छ। बन्दाबन्दिको चरम समस्यामा जकडिएका किसानहरुलाइ आफुले उत्पादन गरेको अनाजमा रोगको प्रकोपले सताउदा उनिहरु थप चिन्तित रहेको बताउछ्न गौरादह ३ का एक किसान बाबुराम थापा ।

 यस्तै रोग मध्येको एक रोग हो "नेक ब्लास्ट" यो रोग पछिल्लो समयमा बर्खे धानमा देखा परेको रोग हो। सुरुमा कुनै धान मिसिएको जस्तै लाग्ने तथा चाडैं पाके जस्तो भई सुक्ने गर्दछ। हेर्दा केही देखिदैन तर धान पसाएपछि बालामा चामल नलागि सुक्ने गर्दछ। सुरुमा कृषकले थाहा पाउन गारो पर्ने यस किसिमको रोग धान बालिमा लाग्ने नया किसिमको रोग भएको कृषी बिज्ञ हरु बताउछ्न ।यसले धानको डाढमा आक्रमण गर्दछ यो हेर्दा गवारो प्रकृतिको रहेको छ।

यसरी रोग सुरुमै किसानले थाहा नपाउँदा बालिमा धेरै असर परिसकेको हुन्छ। यो सरुवा रोग भएकोले केही दिनमै धानबालीलाई सखाप पार्ने गर्दछ। सरुवा रोग भएकोलेसंगै रोपेका अन्य वरपरका धानबालीमा पनि असर गर्ने गर्दछ। यसरी ज्ञानको अभावमा धानबालीमा ठुलो क्षति पुगिसकेको हुन्छ।

यस रोग बारे झापा कृषि ज्ञान केन्द्र प्रमुख निलकमल सिंह भन्छन्, 'यसपालि झापामा १९,८०० हेक्टरमा बर्खे धान खेती भएकोमा १००० बिगाहा माथि यो रोग देखापरेको छ। झापामा धान खेति बिशेष गरि कन्काई नहर करिडोर वरिपरि भएको छ। यो रोग अघिल्ला बर्षहरुमा पनि देखिएको थियोे। यसपालि भने मौसम परिवर्तनले गर्दा बडि देखिएको बताउँनु हुन्छ। बर्खे धानको लागि चाहिने आवश्यक तापक्रम २५°-३०° हो ।' यसपालि मौसम ठन्डा भएकोले उक्त आवस्यक तापक्रम नहुदा धानबालिमा यसको प्रकोप बडी देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहले बताए । अहिले प्रकोप देखिएको ठाउँको तथ्यांक लिने र प्रदेश सरकारमा पठाउँने कार्य भएकोले क्षतिपूर्ति बारे अहिले केही भन्न नसकिने उनी बताउछ्न ।

गौरादह कृषि साखा प्रमुख सनिता राई यस रोग बारे भन्छन्,' मौसम परिवर्तनको प्रभाव, ढुसिको प्रभाव, नाईट्रोजनको प्रभाव र बढी पानी जम्ने खेतमा यस्तो रोग देखा पर्ने गर्दछ। साथै बिउमा उपचारको कमीले गर्दापनि यो रोग देखापर्ने गर्दछ। कुखुराको सुलि नकुहाई प्रयोग गर्नाले खेतमा लगातार खेति गर्ने(खेत बाझो नराख्ने) र आलु,तोरी रोपिएको ठाउँमा यस्तो रोगको बढि प्रकोप भेटिएको छ।'

बीउ उपचार बाट खेति गर्ने , जमिनको उपचार, सिफारिस गरिएको रसायनिक मल मिलाएर छर्ने तथा दबाई सहि मात्रामा उपयोग गर्न गर्नुका साथै यस्ता रोग देखिएको धानबाली वरपर राखिएको बिउँको पातको टुप्पा डढेको देखिएमा बिउ उम्रेको १५/२० दिन भित्र बेबिस्टिन, पाईन साफ जस्ता औसधिको मात्रा मिलाएर छर्ने गरेमा यस्ता रोग नियन्त्रण हुने राईले बताइन । कहिलेकाही कृषकहरूले आफु खुशी औसधि छर्दा बीउ मर्ने गरेको देखिन्छ। औषधि छर्दा कृषि बिज्ञको सल्लाहमा छर्न जरुरी छ।

यसपालि धानमा "नेक ब्लास्टको" रोगको प्रकोप सगै झापा जिल्लामा धान उत्पादनमा कमी आउँने पक्का छ। कति कृषकले सुकेको धानमा माथि बाट पराल छरि आगो लाउँने गरेका छन्। ठुला ठुला नारा मात्र हैन अब यस बाट कृषिमा पर्न गएको हानिलाई सरकारले क्षतिपूर्ति दिन आवश्यक देखिन्छ। कृषक हरु यसरी मारमा पर्दा चैते किसानहरु बिभुख हुने अवस्था आएकोले यस बारे राज्यले बेलैमा सोच्न जरुरी रहेकोले यस्तो समस्या समाधानकालागि स्थानीय निकायको भुमिका पनि महत्त्वपूर्ण रहन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ