arrow

भारतीय क्रिकेट ड्रेसिङ्ग कोठा भित्रका १० रोचक किस्सा

logo
प्रकाशित २०७७ जेठ १९ सोमबार
indian-cricket-dressing-room.jpg

काठमाडौं ।  टीम इन्डियाको ड्रेसिङ्ग कोठा भित्रका कुराहरु  क्रिकेटरको जीवनीको माध्यम वा अन्तर्वार्ताको क्रममा बाहिरिने गरेका छन् । यी मध्ये केहि रोचक कथाहरू छन् जुन बाहिर आउएपछि चर्चा भयो ।

सन् १९७१ मा  फारूक इन्जिनियर र सुनील गावस्करलाई रेस्ट अफ बर्ल्डको टीममा चयन गरिएको थियो। खेल अष्ट्रेलियासँग थियो। सुनील गावस्करले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए भने इन्जिनियर उनी भन्दा सिनियर थिए। इन्जिनियरले गावस्करलाई ड्रेसिङ्ग रूममा सल्लाह दिने उद्देश्यले भने,' शून्य रनमा आउट भएर नआउनु मेलबोर्न प्याभिलियन धेरै टाढा छ।' हास्यास्पद कुरा के हो भने गावस्करलाई निर्देशित गर्ने इन्जिनियर आफै शून्य आउट भएर फर्किए। गावस्करलाई धेरै हाँसे लगेको हुनुपर्छ।

यस्तै घटना  भारत र पाकिस्तान बीच सन् १९८६ मा शारजहान भएको खेलभन्दा पहिलेको हो। उक्त खेलपछि भारतीय क्रिकेटर दिलीप भेग्सरकरले प्रेस सम्मेलनमा खुलासा गरे कि दाऊद इब्राहिमले पाकिस्तानलाई हराउँदा टोली इण्डियाका सबै क्रिकेटरहरूलाई कार उपहार स्वरूप दिने वचन दिनेछन् । जब टीम इन्डिया ड्रेसिङ्ग रूममा पुग्यो दाउद ड्रेसिङ्ग रूममा पुगेका थिए। कपिल देव एकदम रिसाएर दाऊदलाई तुरुन्तै त्यहाँबाट खेदाए ।

अर्को घटना २००० मा आईसीसी नकआउट टुर्नामेन्टको हो। यो युवराजको पहिलो खेल थियो। टिमका कप्तान सौरभ गांगुलीले पहिलो साँझ युवीलाई 'ओपनिङ गर' भनेर सोधे। युवीले हुन्छ भने, तर  मनमा कुरा खेलाएर उनी रातभर सुत्न सकेनन् । भोलिपल्ट, जब उनी प्याड लगाएर ब्याटिङ गर्न तयार थिए, तब उनलाई थाहा भयो कि गांगुलीले उनीसँग ठट्टा गरेका रहेछन्।

यस्तै घटना २००२ मा इङ्ल्यान्डको नेटवेस्ट ट्रफी श्रृंखला हो। त्यस समयमा टोलीका प्रशिक्षक जोन राइट थिए। उनलाई धेरै शान्त मानिन्थ्यो तर एक दिन उनी वीरेन्द्र सहवागमाथि रिसाए । सहवाग गलत शटको कारण बाहिरएका थिए र ड्रेसिङ्ग रूममा पुगे । राइटले सहवागको कलर समाते र धेरै गाली गरे । त्यसपछि उनले राहुल द्रविडलाई भने,'यदि सहवाग फेरि यस्तैगरि आउट भयो भने टीमबाट बाहिर निकाल्ने छु।'

अर्को एक घटना निकै विशेष छ। सन् २००५ को शुरुमा पाकिस्तान बिरूद्धको क्रिकेट शृङ्खलामा सबै भारतीय क्रिकेटरहरूले कप्तान सौरभ गांगुलीलाई मूर्ख बनाउने सोचे । त्यसको मास्टरमाइन्ड हरभजन सिंह थिए। गांगुलीलाई खेलाडीहरूमा गुनासो गरेको आरोप लगाइएको थियो।

सबैले गांगुलीलाई घेरे र प्रश्न उत्तर गर्थ थाले। गांगुलीले यी कुराहरु गलत भएको र पुष्टि भए आफूले कप्तानी छोड्ने समेत बताए । गांगुलीलाई दुखी भएको देखेर राहुल द्रविडले त्यो घटनाको खुलासा गरे र भने,' आज अप्रिल फूल हो र तपाईं मुर्ख बन्नुभयो।'

विश्व कप २००३ को फाइनलमा भारतलाई अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ३५९ रनको लक्ष्य दियो। अस्ट्रेलिया बिरुद्धको डु अर डाइ अवस्थामा  सबै भारतीय ब्याट्सम्यान ब्याटिङ नर्भस थिए।  यस्तो अवस्थामा सचिनले ड्रेसिङ्ग रूममा अविस्मरणीय भाषण दिए।

उनले भने, 'के हामी सबै ओभरमा बाउन्ड्रि लगाउन सक्छौं? यदि हो भने, हामी सजिलै ५० बलमा २०० रन बनाउँनेछौं।' यो कुरा सचिनले पछि टिप्पणीकार हर्षा भोगलेलाई सुनाएका थिए । यद्यपि भारतले सो खेल जित्न सकेन।

२००७ को विश्वकपमा टीम इन्डिया बंगलादेशसँग पराजित भएपछि अप्ठ्यारोमा पर्यो। त्यस समयमा ड्रेसिङ्गरुममा, सचिनले तीव्र गतिका बलर मुनाफ पटेललाई प्रश्न गरे, "तिमीलाई भारत जान डर त लागेको छैन ।" यसको जवाफमा मुनाफले भने, 'पाजी जहाँ म बस्छु, त्यहाँ ८ हजार मानिस छन् र त्यो नै मेरो सुरक्षा हो।'

कुरा महेन्द्र सिंह धोनी टीम इन्डिया आएको समयको हो । ड्रेसिङ्ग कोठामा धेरै जसो क्रिकेटरहरूले उनलाई बिहारी भनेर बोलाएर खिल्ली उडाउथे। यसमा युवराज सिंह सबैभन्दा अग्रणी थिए, उनले धोनीलाई हरेकपल्ट चिडाउथे यदि तिम्रो लामो इनिंग्सले टीमलाई जीतमा पुर्‍याएन भने सबै अर्थहीन हुन्छ। जब धोनीले एकदिवसीय क्रिकेटमा आफूलाई प्रमाणित गरे, उनले यदि तिमिले आफूलाई टेस्टमा प्रमाणित गर्‍यौ भने हामी मान्छौ भन्न थाले । अन्तमा धोनीले युवीलाई सोधे,'तिमीले मलाई किन बारम्बार सताउछौ।' यस घटनापछि दुई धेरै मिल्ने साथी बने।

यो घटना विराट कोहली र सचिन तेन्दुलकरसँग सम्बन्धित छ। कोहली पहिलो चोटि टीम इन्डियाको ड्रेसिङ्ग रूममा क्रिकेटरको रूपमा आइपुगेका थिए, सबैले मजाकका साथ कोहलीलाई भनेका थिए,' यहाँ पहिलो पटक आउने हरेक खेलाडीले सचिनको खुट्टा छुनु पर्छ।' जब सचिन त्यहाँ पुगे, कोहलीले भने अनुसार सचिनको खुट्टा छोए। त्यसपछि ड्रेसिङ्ग रूमका सबै जना हाँस्न थाले।

सुधीर कुमार चौधरीको नाम टीम इन्डियाको सबैभन्दा ठूलो फ्यानको रुपमा नाम अगाडि आउँदछ। उनलाई मास्टर ब्लास्टर सचिन तेन्दुलकरको सबैभन्दा ठूलो फ्यान मानिन्छ। सचिन आफैंले उनलाई ठूलो सम्मान दिन्छन्। २०११ विश्वकप जितेपछि सचिनले ट्रफीको साथ फोटो खिच्न सुधीरलाई ड्रेसिङ्गरुमा बोलाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ