arrow

चीनमा व्यापक वर्षा, बाढी र डुबानमा परी आठको मृत्यु

logo
प्रकाशित २०७७ जेठ २७ मंगलबार
flood-china.JPG

गुइयाङ । चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ । मङ्गलबार विहानसम्म् बाढीकाा कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली रे दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ