arrow

कोरोनाभाइरसबाट पाकिस्तानमा एकै दिन १०० को मृत्यु

logo
एपी,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
corona-pakistan-hindu.jpg

इस्लामाबाद। कोरोनाभाइरसबाट संक्रमित भएका एक सयभन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन्। गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या सबैभन्दा ठूलो हो। मंगलबारसम्ममा पाकिस्तानमा कोरोनाभाइरसबाट एक लाख ८ हजार ३१६ जना संक्रमित भएका छन् भने कूल मृत्यु हुनेको संख्या दुई हजार १७२ पुगेको छ।

स्वास्थ्य विज्ञ एवं विपक्षी राजनीतिज्ञहरुले निरन्तर आलोचना गरेपनि प्रधानमन्त्री इमरान खानले लकडाउनका प्रतिबन्धहरु निरन्तर खुकुलो बनाएका छन्। उनले पूर्ण लकडाउनबाट मुलुकको अर्थतन्त्र धरासायी हुने बताउँदै यसबाट २२ करोड पाकिस्तानी जनताको जीवनयापनमा ठूलो संकट आउने चेतावनी दिएका छन्। 

पाकिस्तानमा गरिबीको स्तर करिब ३० प्रतिशत छ, अर्थात उनीहरुको दैनिक आय १.९० डलरभन्दा कम छ। पाकिस्तानमा सामाजिक दूरी कायम गर्ने तथा मास्क लगाउनुपर्ने नियम भए पनि धेरैले यसलाई बेवास्ता गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ