arrow

कांग्रेस नेता पौडेलद्वारा गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
kiran-poudel-help-health-ma.jpg

बागलुङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन्। कोरोना भाईरसको संक्रमण बृद्धि भएको बेला आफ्नो जिल्लामा केही सहयोग गरौं भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको पौडेलले बताए ।

स्टार फाउण्डेशनको आर्थिक सहयोगमा प्रत्येक वडाका लागी २ सय ५० थान सर्जिकल मास्क, १० थान केएन ९० माक्स, दुई सय थान ग्लोब्स, दुई लिटर सानिटाईजर र १/१ थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री वडा कार्यालयले आवश्यकता अनुसार स्वास्थ्य संस्था र क्यारेन्टिन व्यवस्थापनका निम्ती प्रयोग गर्नेछ ।

स्वास्थ्य सामाग्री अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठक र पैयुँपाटाका कार्यबहाक वडा अध्यक्ष एकनाथ रेग्मीलाई हस्तान्तरण गरिएको थियो । बरिष्ठ शिक्षा प्रेमी एवं समाजसेवीको रुपमा परिचित स्व. हेमराज शर्मा पौडेल जिल्लाकै सामाजिक अभियान्त थिए ।  उनको तेस्रो बार्षिकी पुण्य तिथिको अवसरमा छोरा किरणराज पौडेलले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । स्व. शर्माको नाममा हेमराज प्रतिष्ठान समेत रहेको छ । प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्दै आएको छ ।

विपदको बेलाको सानो सहयोगले पनि ठुलो राहत पुगेको बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठक पाठकले बताए । स्व.हेमराज शर्मा पौडेल यस क्षेत्रको बरिष्ठ शिक्षा प्रेमी एवं समाजसेवी हुनुहुन्थ्यो । पाठकले भने’ ‘उहाँको सम्झनामा किरणजी सहयोगी हात लिएर आउनुभएको छ । उहाँलाई हामी वडाबासीको तर्फदेखी हार्दिक कृतज्ञता प्रकट गर्दछौं । उनले विपदको बेलाको सहयोगलाई जनताले कहिलै नभुल्ने बताए।

हस्तान्तरण कार्यक्रममा काँग्रेस पैयुँपटाका सभापति चन्द्रबहादुर खत्री, अमलचौरका सभापति कोपिलामणी शर्मा, नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल, र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । हालै भारतबाट आएका अमलाचौरको पृथ्वी हिरण्य माविमा रहेको क्वारेन्टिनमा १७ जना छन भने पैयुँपाटामा रहेको त्रिभुवन माविको क्यारेन्टीनमा १६ जना रहेको पैयुँपाटा स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट सुशिल पौडेलले जानकारी दिए । उनिहरुको व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका र वडा कार्यालयले सहयोग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ