arrow

भारतमा सक्रिय कोरोना संक्रमित भन्दा निको हुने बढी

२४ घण्टामा १०,१२६ संक्रमित र २७२ को मृत्यु

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
corona-india3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार १४६ पुगेको छ । २४ घण्टाको अवधिमा १० हजार १२६ संक्रमित भएका छन् । 

विगतका केही दिनका तुलनामा मंगलबार कमी आए पनि बुधबार बिहानसम्मको २४ घण्टामा फेरि संक्रमित थपिएका हुन् ।

मृतकको संख्या ७ हजार ७५० पुगेको छ । मंगलबार २४ घण्टामा २६६ जनाको ज्यान गएकामा बुधबार बिहान २७२ जनाको ज्यान गएको छ ।  

हाल १ लाख ३३ हजार ७११ जनामा कोरोना रहेको छ भने १ लाख ३४ हजार ६७० जनालाई उपचारपछि निको भएको छ । 

गएको २४ घण्टामा ५ हजार ६५१ जनालाई निको भएको छ । मंगलबार ५ हजार २४७ जनालाई निको भएको थियो । 

बुधबार निको हुनेहरु बढेका छन् । तुलना गर्दा संक्रमित हुने भन्दा निको हुनेहरु बढी भइसकेका छन् । 

गएको २४ घण्टामा २७२ को मृत्यु, कहाँ कतिको गयो ज्यान ? 
महाराष्ट्रमा १२०, तमिलनाडुमा १८, दिल्लीमा ३१, गुजरातमा ३३, उत्तर प्रदेशमा १८, राजस्थानमा ९, मध्यप्रदेशमा ६, वेष्ट बंगालमा १०, कर्नाटकमा २, बिहारमा २, हरियानामा ६, आन्ध्रप्रदेशमा २, जम्मुकश्मीरमा ३, तेलंगानामा ६, असाममा १, झारखण्डमा १, छत्तीसगढमा १, त्रिपुरामा १ तथा पंजाबमा २  जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ