arrow

आईपीएल क्रिकेट: कोहलीको शानदार ब्याटिङ, धोनीको पराजय जारी

logo
प्रकाशित २०७३ वैशाख २५ शनिबार
IPL_Kohli.jpg.jpeg
काठमाडौं। भारतीय कप्तान महेन्द्र सिंह धोनीको पुणे सुपरजायन्ट्सको हारको सिलसिला जारी रहेको छ। रोयल च्यालेन्जर्स बैंगलोरले ७ विकेटले पुणेलाई पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ६ विेकट गुामउँदै १९१ रन बनाएको थियो। हजन्के रहाणेले ४८ बलमा ७४ रन बनाएका थिए। त्यसैगरि सऔरभ तिवारीले ३९ बलमा ५२ रनको योगदान दिएका थिए। बैंगलोरका शेन वाट्सनले ३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको बैगलोरका विराट कोहलीले ५८ बलमा ७ छक्का र ८ चौकाको मदतले १०८* रन बनाएका थिए। उनको यो पारीले बैंगलोरलाई १९.३ ओभरमा ३ विकेटको नोक्सानीमा जीत दिलाएको थियो। बैंगलोरका केएल राहुलले ३८ र शेन वाट्सनले १३ बलमा ३६ रनको योगदान दिएका थिए। 
 
खेलको प्लेयर अफ म्याच विराट कोहली घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ