arrow

दक्षिण एसियामा बढ्यो कोरोनाको संक्रमण, यस्तो छ आँकडा

logo
प्रकाशित २०७७ जेठ २८ बुधबार
saarc-logo.jpg.jpeg

काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढिरहेको छ । पछिल्लो समय यो गति अनियन्त्रित भएको छ । 

एसियामै शीर्ष दशभित्र दक्षिण एसियाका तीन देश अटाएका छन् । भारत शीर्ष स्थानमा छ । भारतमा मंगलबारमात्रै १० हजार १२६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ संक्रमितको संख्या २ लाख ७६ हजार १४६ रहेको छ । 

मृतकको संख्या ७ हजार ७५० पुगेको छ । मंगलबारमात्रै २७२ जनाको मृत्यु भयो । पाकिस्तान एसियाकै पाँचौं स्थानमा छ । दक्षिण एसियाको दोस्रो स्थानमा पाकिस्तान छ । 

त्यहाँ मंगलबार ४ हजार ६४६ नयाँ संक्रमित थपिएर संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ । १०५ मृतक थपिएर मृतकको संख्या २ हजार १७२ पुगेको छ । 

बंगलादेश एसियाको आठौं तथा दक्षिण एसियाको तेस्रो स्थानमा छ । मंगलबारमात्रै त्यहाँ ३ हजार १७१ संक्रमित थपिएर जम्मा संक्रमितको संख्या ७१ हजार ६७५ पुगेको छ । मृतक ४५ थपिएर ९७५ पुगेका छन् । 

एसियाको १४ औं स्थानमा रहेको अफगानिस्तान दक्षिण एसियाको चौथो स्थानमा छ । त्यहाँ २१ हजार ४५९ कोरोना संक्रमित छन् । 

मंगलबार त्यहाँ ५४२ जना थपिए । मृतक मंगलबार १५ थपिएर ३८४ जना पुगेका छन् । 

नेपाल एसियाको २७ औं र दक्षिण एसियाको पाँचौं स्थानमा छ । नेपालमा संक्रमित ४ हजार ८६ पुगेका छन् । मंगलबार ३२४ थपिए । मृतक एक थपिएर १५ पुगेका छन् । 

माल्दिभ्स एसियाको ३० औं तथा दक्षिण एसियाको छैटौं स्थानमा छ । त्यहाँ २६ संक्रमित थपिएर १ हजार ९४२ पुगेका छन् । ८ जनाको ज्यान गएको छ । 

श्रीलंकामा २ थपिएर संक्रमितको संख्या १ हजार ८५९ पुगेको छ । ११ जनाको मृत्यु भएको छ । 

अन्तिम स्थानको भुटानमा ५९ जनामात्र संक्रमित छन् । 

चैत ११ गते नेपालले लकडाउन गर्दा मात्र २ संक्रमित थिए । त्यतिबेला नेपाल पुछारमा थियो । अहिले पाँचौं स्थानमा छ । 

भुटान, श्रीलंका र माल्दिभ्सभन्दा नेपाल निकै अगाडि पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ